अक्षयकुमारको ‘बेल बटम’ को ट्रेलर रिलिज

फिल्म हलमा नलचेपनि फिल्मका ट्रेलर भने रिलिज भइरहेको छ । अक्षयकुमारको बहुप्रतिक्षित फिल्म ‘बेल बटम’ को ट्रेलर भव्यताका साथ रिलिज भएको हो । यस फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा निकै रौनक नेको थियो किनभने अक्षयकुमार र अभिनेत्री वाणी कपूर एकसाथ देखिएका थिए । उनीहरु एकसाथ हलमा देखिदा तालीको बर्षा भएको थियो ।

फिल्मलाई कोरोनाले प्रभावित पारेको समयमा ट्रेलर रिलज कार्यक्रममा अभिनेता उपस्थित हुँदा निर्माणकर्ता उत्साहित हुने नै भए । योसँगसागै सामाजिक सञ्जालमा समेत अक्षयसँग उनका फ्यानहरुले खुसी साटेका छन् । अक्षयले आफ्नो ट्वीटर एकाउन्टमार्फत फिल्मको ट्रेलर शेयर गर्दै लेखेका छन्,‘ठूलो पर्दाको जादू फेरि एकपटक लिएर आउदैछु, बेल बटमको साथ ।’

यो लेखेपछि उनका फ्यान त उत्साहित हुने नै भए । सार्वजनिक भएको फिल्मको ट्रेलरमा अक्षयकुमार खेलाडीको भुमिकामा देखिएका छन् । उनी राष्ट्रिय चेस खेलाडीको भूमिकामा फिल्ममा देखिएका छन् । फिल्मलाई निर्माणपक्षले थ्रीडीमा पनि रिलिज गर्ने योजना रहेको बताएको छ । आगामी १९ अगस्टमा हलमा रिलिज हुने हल्लाले हलवाला समेत दंग देखिएका छन् ।

लामो समय देखि हल बन्द हुँदा करोडौ रुपैया नोक्सान सहेका हलवाला अक्षयको फिल्म प्रदर्शन गर्न आतुर देखिएका छन् । यस फिल्ममा अक्षयकुमार र वाणी कपूरसँगै हुमा कुरैशी, लारा दत्त, ज्याक भगनानी लगायत कलाकारको मुख्य भुमिका रहेको छ ।