मदनदास श्रेष्ठलाई विभूषण समितिको सदस्यमा नियुक्त

कलाकार मदनदास श्रेष्ठलाई नेपाल सरकारले विभूषण समितिको सदस्यमा नियुक्त गरेको छ । राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान दिएबापत हालै बसेको मन्त्रिपरिषद् बैठकले कलाकार श्रेष्ठलाई समितिमा नियुक्त गरेको हो ।

समितिमा कलाकार श्रेष्ठसहित गोविन्द प्रसाद शर्मा, डा. भूषण श्रेष्ठ, ओमप्रकाश महतो, नरबहादुर कँडेल मनोनित भएका छन् । यहाँ गृहमन्त्री अध्यक्ष रहने समितिमा अन्य पाँच सदस्य हुनेछन् ।

कलाकार श्रेष्ठ रंगमंच, टिभी, नाटक, फिल्ममा अभिनय गरेका छन् । नेपाली दर्शकमाझ लोकप्रिय कलाकार श्रेष्ठ पछिल्लो समय दोलखामा फिल्म स्टुडियो निर्माणमा सक्रिय रहेका छन् ।