फिल्मकर्मीको अन्तिम बिदाईमा न कलाकार, न पत्रकार

केहि वर्ष अघिसम्म नेपाली कलाकार तथा निर्देशकको निधन हुँदा मलामी जाने कलाकारको बाक्लै उपस्थित हुने गर्थो । अधिकांश कलाकार तथा प्राविधिकहरु फिल्मकर्मीको अन्तिम बिदाईमा घाटसम्म पुग्थेँ । अव यो एकादेशको कथा जस्तै बन्न थालेको छ । पछिल्लो दुइ वर्ष यता कलाकार तथा निर्देशकको मलामी जानुको त कुरा परै जाओस सामाजिक सञ्जालमा श्रदाञ्जली दिन समेत नयाँ पुष्ताका कलाकार कन्ज्यँुस्याई गर्न थालेका छन् ।

अभिनेता सरोज खनालले अवका दिनमा कलाकारको निधन हुँदा मलामी नभेटिने हो की भन्ने चिन्ता व्यक्त गरेका छन् । उनले ‘भिडदेखि भिडसम्म’का निर्देशक उमेशनाथ अर्यालको सुनसानमा अन्त्यष्टी गर्नु परेकोमा निकै दुख व्यक्त गरेका हुन् । उनले निर्देशक उमेशनाथको अन्त्यष्टीमा कलाकार,पत्रकार देखि साथीभाई समेत नआएको बताएका छन् ।

उनले लेखेका छन्,‘‘भिडदेखि भिडसम्म’का निर्देशक आदरणीय गुरुवर उमेशनाथ अर्यालको सुनसानमा अन्त्यष्टी । न कलाकार, न पत्रकार न त साथीभाइको साथ पाए उनले आफ्नो अन्तिम यात्रामा ।’ उनले कलाकार तथा फिल्म क्षेत्रका माान्छेलाई प्रश्न गर्दै भनेका छन्,‘के उहाँले गर्नु भएको योगदान बापत कमाएको ३÷४ जना कलाकार र ५÷७ जान आफन्त मलामी मात्र हो त ?’

कलाकारले गरेको योगदानलाई अहिलेका पुस्ताले समेत विर्षन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले अवका कलाकारको निधन हुँदा निर्देशक उमेशनाथ अर्यालको जस्तै दुइ चार जना बाहेक मलामी नपाइने हो त भन्ने प्रश्न गरेका छन् । ‘हामीले पनि भोलि कतै यस्तै यात्रा गर्नु पर्ने त हैन ? उहाँले जस्तै हामीले पनि पर्थिक शरीरलाई ब्रम्हनाल देखि चिता सम्म लैजान ४ वटा काध नपाउने त हैन ?’

अभिनेता सरोज खनालले उमेशनाथको अन्तिम बिदाईमा कोही कलाकार र पत्रकार नदेखेपछि मनमा लागेको कुरालाई सबैसामु पोखेका छन् । उनले थप लेखेका छन्,‘ उहाँको अन्तिम बिदाइको साक्षी बस्दै गर्दा म भित्र यस्तै अनगिन्ती प्रश्नले जरो गाडेको छ !!’

यो त उदाहरण मात्र हो यो भन्दा अघि घर फर्कनेक्रममा अभिनेत्री महिमा सिलवालको बाटोमा सडक दुर्घटनामा परि निधन भएको थियो । उनको निधनमा दुइ चार जना भन्दा बढि कलाकार कोही पनि भेला भएका थिएनन् । उनको निधनमा चलचित्र कलाकार संघले श्रदाञ्जली कार्यक्रमको आयोजना गरेको थियो ।

त्यहाँ कलाकार तथा प्राविधिक गरि त्यहाँ २ दर्जन जति मान्छेको उपस्थित रहेको थियो । ८ वर्षअघि ‘कार्बाही’ फिल्मबाट डेब्यु गरेकी अभिनेत्री महिमाले फिल्म ‘अप्रिल फुल’ ‘चियर्स’, ‘नो स्मोकिङ’, ‘ढुङ्गे युग’जस्ता फिल्ममा अभिनय गरेकी थिइन् । यत्तिका फिल्ममा अभिनय गरेकी उनको अन्तिम फिल्म ‘ ब्वाइफ्रेण्ड’ थियो । दर्जनौ म्युजिक भिडियो समेत अभिनय गरेकी महिमाले त्यति चर्चा भने कमाउन सकेकी थिइनन्।

नेपाली दर्शकमाझ लोकप्रिय बनेका अभिनेता दीपक क्षेत्रीको निधनमा केहि कलाकार बाहेक चलेका अनुहार विरलै देखिन्थ्यो र लामो समय बिरामी परेका क्षेत्रीको मृत्यु हुँदा आर्यघाटमा उनका सहकर्मीहरुसमेत देख्न मुस्किल थियो । नाम चलेका पछिल्ला समयका कलाकारहरुले पुराना पुस्तालाई गन्नै छोडेको कुरा यहि केहि कलाकारको अन्मित बिदाईमा देखिएको थियो । यो त उदाहरण मात्र हुन् । यो भन्दा अन्य कलाकारहरुमा पनि पछिल्लो पुस्ताका कलाकार तथा आफ्नै सहकर्मीहरु समेत उपस्थित हुन छाडेका छन् ।