ह्याप्पी बर्डे रिमा

नेपालको चर्चित रियालिटी शोको उद्घोषकका रुपमा काम गरिरहेकी अभिनेत्री हुन् रिमा विश्वकर्मा । कार्यक्रम प्रस्तोता, मोडल हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री रिमाले दर्जनौ फिल्ममा अभिनेय गरेकी छन् ।

फिल्म ‘स्वर’बाट नेपाली फिल्ममा डेब्यु गरेकी रिमाले भिजा गर्ल,ऋतु,भाले फाइट,बाटोमुनीको फुल २,कोहलपुर एक्प्रेस लगायत फिल्ममा अभिनय गरेकी छन् । उनले अभिनय गरेका फिल्मले खासै लगानी नउठाए पनि उनको चर्चा भने भइनै रह्यो । उनको बोल्ने शैली र अभिनयको चर्चा अहिले पनि उतिकै फिल्मी बजारमा रहेको छ ।

दर्जनौ म्युजिक भिडियोमा अभिनय समेत गरेकी रिमा अहिले कान्तिपुरबाट प्रसारित रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’को उद्घोषकका रुपमा चर्चामा रहेकी छन् । उनै अभिनेत्री रिमा विश्वकर्माले आज ३२ औ जन्मदिन मनाउदैछिन् । सन् १९८९ मा बर्दियाको गुलरियामा जन्मिएकी रिमा सानैबाट बोल्नमा सिपालु रहेकी थिइन् । ७ कक्षामा अध्ययनरत छँदा नै टेलिभिजन कार्यक्रम ‘जाँदाजाँदै’बाट सञ्चार क्षेत्रमा आएकी हुन् ।

३२ औै जन्मदिन मनाइरहेकी रिमालाई विहानदेखि नै आफ्ना आफन्त तथा फिल्मकर्मीले जन्मदिनको शुभकामना सामाजिक सञ्जालबाट दिइरहेका छन् । उनलाई पनि मेरो फिल्मको तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना ।