पहिलो बच्चा नजन्मिदै प्रियंकालाई दोस्रो बच्चाको रहर

प्रियंका कार्कीलाई चर्चामा आइरनुपर्छ । कहिले आफ्नै बोलिले त कहिले पहिरनले । यो वर्ष भने उनी सर्वाधिक चर्चामा रहेकी कलाकार हुन् । उनले कुनै फिल्म तथा म्युजिक भिडियो नखेलेर चर्चामा आएकी भने होइनन् ।
उनी पहिलो पटक आमा ब बन्ने खबरले एक त चर्चामा आइन भने अर्कोतर्फ गर्भवती भएपछि उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्विरले ।
उनले आमा बन्न लागेकोे खुसीमा एक महिना अघि आफ्नो पेटमा बच्चाको आकार बनाएर नाइटोबाट पाइपले जुस पिलाएको तस्विरले झनै चर्चा पायो । साथै स्विमिङ कस्टूममा बेबी बम्प देखाउँदै स्विमिङ गरेका तस्विर सार्वजनिक भएपछि उनको आलोचना पनि थपियो ।

यसैको उनी गसिप र समाचारमा छाइरहेकी प्रियंकाले दोस्रो सन्तानका बारेमा समेत सोचेको बताएकी छन् । उनले मुन्द्रेको कमेडी क्लवमा पहिलो बच्चा जन्मिएको दुई वर्षमा अर्को दोस्रो बच्चा जन्माउने सोच रहेको खुलासा गरेकी छन् । अहिले उनको यो भनाई सामाजिक सञ्जालमा राम्रै तातिएको छ । पहिलो सन्तान नजन्मिदै दोस्रो सन्तान समेत सोचेकी प्रियंकालाई शुभकामना बाहेक के नै पो दिन सकिन्छ होला हैन र ?