‘राजु राजा राम’ पछि ‘डाँडाको बर पीपल’ मा शिव र भुवन

सुपरस्टार शिव श्रेष्ठ र भुवन केसीलाई १६ वर्षपछि एकसाथ फिल्ममा अभिनय गर्ने भएका छन् । २००५ मा रिलिज भएको सुपरहिट फिल्म ‘राजु राजा राम’ पछि उनीहरुले एक साथ काम गरेका थिएनन् ।

शोभित बस्नेत निर्देशित ‘राजु राजा राम’ पछि पनि पुन : फिल्म ‘डाँडाको बर पीपल’ मा उनैले उनीहरुलाई एकसाथ अभिनय गराउन लागेका हुन् । शिव श्रेष्ठ फिल्ममा अभिनय गरिरहेका थिए भने भुवन केसीसँग शनिवार निर्माण टिमको कागजी सम्झौता गरेको हो । उनी अनुबन्धित भएपछि अव दर्शकले अव एकसाथ शिव र भुवनलाई देख्न पाइने छ ।

निषेधाज्ञका कारण रोकिएको फिल्म अव भदौ ५ गते चित्लाङ (मकवानपुर) बाट छायांकन सुरु गर्दैछ । फिल्ममा शिव, भुवनका अलवा गौरी मल्ल, सलोन बस्नेत, रुविना थापा र राजिव जंग बस्नेतको पनि मुख्य भूमिका रहनेछ । नवराज गिरी निर्माता रहेको फिल्ममा शान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, रामकाजी घिमिरेको लेखन रहेको छ । साथै फिल्ममा शिव मुखिया÷एलिस कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य र नवराज गिरीको शब्द रहेको छ ।