झरी श्रृंखलामा डब्बुको नयाँ गीत अलिफ र सरितासँग

गीतकार डब्बु क्षत्री झरी सम्बन्धि नयाँ गीत असारै मास…(झरी) लिएर आएका छन् । यो गीतको भिडियोलाई बुढासुब्बा डिजिटलको युट्युव च्यानलबाट रिलिज गरिएको छ । ७ वर्ष अघि झरी सम्बन्धि गीति संग्रह झरी ल्याएका गीतकार डब्बु क्षत्रीको यो झरीको नयाँ श्रृंखलामा  हो ।

भोगटे गीतबाट हिट भएका गायक अलिफ खान र गायिका सरिता भारतीले यो नयाँ गीत असारै मात्र…लाई गायका छन् । अलिफ खान पछिल्लो पुस्ताका रुचाईएका लोक गायक हुन् । सरिता र अफिलले लुडो र तास गीत पछि दोश्रो पटक यो गीतमा सँगै काम गरेका हुन् । गीत निकै राम्रो बनेको गायक अलिफको भनाई छ ।

यो गीतमा युवा संगीतकार तथा सँगीत संयोजक राजेन्द्र बजगाईंको संगीत रहेको छ ।  यसको संगीत कर्णप्रिय बनेको छ । मनोज परियारलाई यो गीतलाई मिक्सिङ गरेका हुन् ।

यो गीतको भिडियोमा अभिनेता प्रदीप बास्तोल र गायिका सरिता भारतीले मोडलिङ गरेका छन् । यो लोक भाकाको गीतमा प्रदीप र सरिताको नृत्य एवम् अभिनय आकर्षका छ । भिडियोलाई गीतकार डब्बु क्षत्री आफैंले निर्देशन गरेका हुन् । यस अघि वर्षात ऋतु तथा झरी सम्बन्धि आठ वटा ७ वटा गीत ल्याईसकेका क्षत्रीको यो आठौं झरी गीत हो ।

उनका अर्को पनि झरी गीत तयार छ । गीतको भिडियोलाई अग्रज नृत्य निर्देशक सुवास बुढाथोकीले कोरियोग्राफी गरेका हुन् । टंक केसीको छायाँकन रहेको यो गीतलाई सम्पादक सुरेश कुमार राउतले सम्पादन गरेका हुन् । जसमा दिलमाया मगरको ड्रेस डिजाईन, शोभा श्रेष्ठको सृँगार छ ।