‘कुनै माया’मा भन्दै तड्पिए केकी र सुधिर

गीत ‘पहिलो माया’को सफलतापछि गीतकार पुनम मोथेले नयाँ गीत सार्वजनिक गरेकी छन् । उनले ‘कुनै माया’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन । स्याड भर्सनको सार्वजनिक गीतमा हरि लम्सालको संगीत र रजिना रिमालको स्वर सुन्न सकिन्छ । गीतको एरेन्ज भने सुरज श्रेष्ठले गरेका हुन्।
गीतको म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र सुधिर श्रेष्ठले अभिनय गरेका छन् । निकेश खड्काले निर्देशन गरेको भिडियोलाई केकी र सुधिरले न्याय पुर्याएर अभिनय गरेका छन् । गीतले प्रेम र बिछोडको कथा उठाएको छ । म्युजिक भिडियोमा बुद्ध थापाको छायांकन ,बिकास धमलाको सम्पादन र समरा जोशीको मेकअप समाबेश रहेको छ।