अरबौ लगानी डुबेको फिल्म क्षेत्रबारे सोच्ने बेला आएन र ?

२ वर्ष अघि रिलिजको तयारीमा रहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ अहिलेसम्म प्रदर्शन हुन सकेको छैन । वि.सं २०७६ साल फागुणको ३० गतेलाई प्रदर्शन मिति तोकेर प्रचारको सम्पूर्ण काम सकिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिजको पर्खाइमा बसिरहेको छ ।

यसै फिल्मका निर्माता तथा निर्देशक सुदर्शन थापा साढे २ करोड रुपैयाँ भन्दा बढी रकम फ्रिज हुँदा नयाँ फिल्म सुरु गर्न नसकेको बताएका छन् । उनले सुदर्शनले अरबौको लगानी फसिरहेको यो क्षेत्रको लागि सोच्ने बेला आएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा फिल्मकर्मीलाई प्रश्न,‘कोरोनाको कारण झण्डै डेढबर्षदेखि हाम्रो दैनिक जीवन, व्यवसायिक कारोबार र अन्य क्षेत्र सबै प्रभावित छन् । यही २८ गतेदेखि अझै कतिपय क्षेत्रमा निषेध गरिदैछ । यो समयमा चलचित्र क्षेत्र सबैभन्दा प्रभावित क्षेत्र हो, यसतर्फ सरकार र सरोकारवाला निकायले खासै ध्यान दिएका छैनन् ।’

कोरोना महामारीले निकै ठूलो समस्या फिल्म क्षेत्रमा पारेको छ । करिब डेढ बर्षको दौरानमा २ दर्जन भन्दा बढी हल बन्द भएका छन् । अझै केहि फिल्म बन्द हुने अवस्थामा रहेको नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले बताएका छन् ।