सुरु भयो ‘हिमालय रोडिज’को चौथो सिजनको अडिसन

हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको ‘हिमालय रोडिज’को चौथो सिजनका लागि अडिसन सुरु भएको छ । हिजो काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी जानकारी दिइएको हो ।

कोरोना महामारीका कारण चौथो सिजनको अडिसन डिजिटल माध्यमबाट सुरु गरिएको हो । यसपटकको नारा फरक राखिएको छ । यस पटकको नारामा, ‘सिजन अफ सर्भाइभल’ राखिएको छ । आयोजकका अनुसार यो शोमा सहभागी हुन चाहनेले मोबाइल एप डाउनलोड गरी अडिसन फर्म भर्न सक्नेछन् । २ साता अडिसनका लागि समय दिइएको छ ।

सिजनलाई निर्देशक सिमोस सुनवारले निर्देशन गर्दैछन् । यसअघिका ३ श्रृङ्खलाको निर्देशन अमनप्रताप अधिकारीले गर्दै आइका थिए । यसपटक उनले छाडेपछि सिमोस निर्देशनमा प्रवेश गरेका हुन् । सिजन ४का निर्देशक सुनुवारले पत्रकार सम्मेलनमा रोडिजमा नयाँ सिजन युवापुस्ताको संघर्षमा केन्द्रित गरेर रोचक बनाउने बताए ।
निर्माण मण्डल भने फेरिका छैनन् । यो सिजनमा पनि गतबर्षको जस्तै अनुप विक्रम शाही, दिया मास्के, आशिष राना र समन श्रेष्ठ टिम क्याप्टेनका रुपमा रहनेछन् ।