एसएमएस लिक भएपछि ट्रोल बनिन् मधु

फिल्मका कलाकार कहिले जानी जानी आफुलाई ट्रोल बनाउनछन् भने कहिले अन्जानमा बन्छन् । तर, भोजपुरी फिल्म क्षेत्रकी चर्चित अभिनेत्री त्रिशाकर मधु भने अचानक आफ्नै एक भिडियो लिक भएपछि ट्रोलको सिकार भएकी छन् । उनी र उनको प्रेमी बोलेको एक एसएमएस भिडियो बाहिरिएपछिउनी ट्रोल बनेकी हुन् ।

अहिले मधुमाथि ‘पब्लिसिटी’ को लागि एमएमएस लिक गरेको आरोप समेत लाग्न थालेको छ । यस बारेमा मधुले उक्त भिडियो आफ्नै प्रेमीले लिक गरेको आरोप लगाएकी छन् । साथै मधुले यो भिडियो सार्वजनिक गर्नेलाई चेतावनी समेत दिएकी छन् । मधुले प्रेमीमाथि नै शंका गर्नुको कारण रहेको छ । मधुले प्रेमीसँग समय बिताएको भिडियो सार्वजनिक भएको हो ।

मधुले सामाजिक सञ्जालमा लेखेकी छन्,‘भगवानले सबै हेरिरहेको छ । मलाई गिराउनका लागि मेरो निजी भिडियो सार्वजनिक गरिएको हो ।’
उनको भिडियो सार्वजनिक भएसँगै विभिन्न प्रकारका प्रतिक्रियाहरु आएका छन् । उनले आफै ‘पब्लिसिटी’ को लागि भिडियो बनाएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बताएका छन् ।