लोकगीतका कलाकारले लगाए कोरोना विरुद्धको खोप

लोकदोहोरी कलाकारहरुले कोरोना भाइरस (कोभिड १९)विरुद्धको खोप लगाएका छन् । उनीहरुले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको पहलमा हिजो नयाँ बानेश्वरमा रहेको सिभिल हस्पिटलमा खोपको पहिलो मात्रा लगाएका हुन् ।

पहिलो मात्राको खोप लगाउनेहरुमा देवी घर्ती, राजु ढकाल, खेम सेञ्चुरी, पुश्कल शर्मा, रमेशराज भट्टराई, दीपक खड्का लगायतका कलाकारहरुले रहेका छन् ।

प्रतिष्ठानका अध्यक्ष रमेश बिजीका अनुसार नामावली प्राप्त भएका २ सय लोकदोहोरी कलाकारहरुलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम रहेको छ । सोमबार १ सय बढी कलाकारहरुले खोप लगाएको छन् भने आज बाँकी कलाकारहरुले खोप लगाउने छन् ।