अनमोलको इम्पोसिबल अब पोसीबल

 

नेपाली चलचित्रका अभिनेता अनमोल केसीले आफ्नो हातमा ट्याटु बनाएका छन् । बालकुमारीमा रहेको संमयक शाक्य ट्याटु इनमा अनमोल केसीले ट्याटु हानेका हुन् । नायक केसीले आफ्नो हातमा पहिले नै भएको इम्पोसिबल लेखिएको ट्याटुलाई पोसिबल भनेर लेखिएको ट्याटु आरटीस समायक शाक्यले जानकारी दिए ।

उनले भने उहाँले ट्याटु थोरैमात्र परिवर्तन गर्नुभएको हो केही समय फोटो सार्वजनिक नगर्नु भन्नुभएको छ यसैले हामीले फोटो चाहिँ हालेका छैनौ । साथी म तिम्रो’ को एउटा गीत बाट नेपाली चलचित्रमा डेब्यू गरेका अनमोलले होस्टल ,जेरी, ड्रिम्स,गाजलु, ‘कृ’ ए मेरो हजुर ३, ‘क्याप्टेन’ लगायत थुप्रै चलचित्रहरूले चर्चा कमाएका छन्। अनमोल केसी अहिलेका चक्लेटी नायक र युवापुस्ताका लोकप्रिय नायक भनेर समेत चिनिन्छन्।