कलाकार दीपकराज गिरी भन्छन्,‘ सपना देख्न नछोडौँ !’

कोभिड -१९ को महामारीका कारण अहिले विश्व नै अस्तव्यस्त छ । देशको समग्र आर्थिक विकास नै धरापमा परेको छ । भनौँ, गरिब निमुखालाई त दैनिकी धान्नै गाह्रो छ । कोरोनाको कारण आर्थिक क्षेत्र, सामाजिक क्षेत्र राजनीतिक क्षेत्र मनोरञ्जन क्षेत्र निकै नै प्रभावित बनेको छ यही प्रभावित बनेको क्षेत्र मध्ये एक रहेको छ मनोरञ्जन क्षेत्र । महामारीको त्रासका कारण अहिले फिल्म क्षेत्र भने विगत दुईवर्ष देखि चलायमान हुन सकेको छैन । अब पनि कोरोना महामारी छ भनेर बस्नुको केही औचित्य नभएको र कोरोना लाई आफ्नो जिन्दगीको एउटा पाटो बनाई अगाडि बढ्न पर्ने कलाकार दीपक राज गिरीले बताउँछन् ।

मेरो फिल्मसङको छोटो कुराकानीमा उनले भने अब हामी कोरोना भाइरस सँगै बाच्नुपर्छ अब पनि हामीले कोरोना भाइरसबाट बच्नकोलागी भनेर घर भित्र बस्न सकिदैन् । सुरक्षाको मापदण्ड अपनाएर आफ्नो दिनचर्या सुरु गर्नुपर्ने उनी बताउँछन् । उनले भने, कोरोना भाइरसले धेरै क्षेत्रलाई असर गरेको छ तर सबै क्षेत्र उकास्न सरकारले पनि निरन्तरता दिइरहेको छ तर हाम्रो यो मनोरञ्जन क्षेत्र भने आज पनि कसैको प्राथमिकतामा पर्न नसकेको उनको ठम्याई छ । तर पनि हाम्रो कोसिस निरन्तर जारी छ हामीले आफ्नो कामको लागी योजना बनाउँदै छौँ ।

सपना देख्न छोडन हुँदैन योजना बुन्नु पर्छ हामीलाई सपनाले बाच्न सिकाउँछ आशा मार्नु हुँदैन यो साचो हो हामीलाई कोरोनासङ लडेर काम गर्न धेरै गाह्रो छ तर पनि हिम्मत हार्नु भएन दुइबर्ष पछाडि धकेलिएको फिल्म क्षेत्र अब पनि यसरी नै छोड्ने हो भने के होला त ? हाम्रो कामले दर्शकहरूलाई मनोरञ्जन दिने हो र हामीले यो कामलाई निरन्तरता दिनुपर्छ हामीले दर्शकलाई निराश पार्नु हुन्न ।
महामारीकै कारण दुई दर्जनभन्दा बढी हलहरू बन्द भएका छन् भने अब कति हल बन्द हुने हुन् । यो कुराको जवाफ कसैसङ छैन । यद्यपि अहिलेका चर्चित कलाकार, निर्माता दीपक दिपाको जोडीले बानेश्वर क्षेत्रलाई लिएर महँगो लगानीमा फिल्म हल निर्माण कार्य थालिएको चर्चा चलिरहेको छ ।

यसै सन्दर्भमा दीपकराज गिरिसँग अहिलेको परिस्थिति र र सोही हलको विषयलाई लिएर प्रश्न गर्दा उनले भने उनले आफ्नो धारणा यसरी व्यक्त गरे । तपाईँहरू भने हल निर्माण गर्दै हुनुहुन्छ कतिको चुनौतीपूर्ण छ ? मैले जानेको काम यही नै हो । मैले गर्न सक्ने यो क्षेत्र बाहेक अरू केही पनि छैन । आज म जहाँ छु यो यही क्षेत्रको कारणले छु हामीलाई यो क्षेत्रले यसरी नाम दिएपछि आज हाम्रो फिल्म क्षेत्र सङ्कटमा परेको बेला हामीले पनि केही गर्नुपर्छ भन्ने भावना ममा छ । दुखमा साथ दिनुपर्छ भनेर नै हामीले नयाँ बानेश्वरमा हल निर्माण गर्ने थालिसकेका छौँ । उनले थपे सधैँ स्थिति यस्तो रहनेवाला छैन भन्ने लाग्यो । पछि त राम्रो होला नि भन्ने आस र विश्वासले हामीले काम अगाडि बढायौ, अब हामीले यो वैशाखमा खोल्ने तयारी गरेका छौँ ।

दीपकको समूहले ४ सय दर्शक क्षमता भएको २ पर्दाको मल्टिप्लेक्स हल खोल्दैछन् । हलले मल्टिप्लेक्सकै सेवासुविधा प्रदान गर्नेछ । निर्माणाधीन हलको संरचना बन्दैछ शंखमूल छिर्ने मुखैमा । हल ठडिने मल पनि पूरा बनिसकेको छैन । कोरोना भाइरसको त्रासमा हिम्मत नहारी आफ्नो पेसामा लाग्न उनले सबैजनालाई आग्रह समेत गरेका छन् ।