बृद्ध नेताहरुलाई प्रमोद खरेलको कटाक्ष : बुढेसकालमा नाति नातिनी र परिवारलाई समय दिनुस्

सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि कलाकारहरुबाट विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । सरकारले दल विभाजन अध्यादेश जारी गरेपछि नेकपा एमाले टुक्रिएको छ ।

यसैको विषयमा टिकाटिप्पणी सामाजिक सञ्जालमा पोखिएका छन् । केहि वर्ष देखि पाका उमेर भएका नेताले विश्राम लिएर नयाँ पुस्तामा सत्ता हस्तान्तरण गर्न नेताहरुलाई सर्वसाधारणहरुले सुझाव दिदै आएका छन् । यसै विषयमा लोकप्रिय कलाकार प्रमोद खरेलले पनि नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गरेर बस्न नेताहरुलाई सुझाव दिएका छन् ।

अहिले एमाले विभाजन भएर दुइ वटा पाटी भएको छ । पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपालबीचको झगडा अहिले पाटी विभाजन भएपछि गायक प्रमोद खरेलले उमेर भइन्जेल पार्टीको छायाँमुनि रस स्वाद गरेर बुढेशकालमा लोभ प्रतिशोधको नाममा आपसी खिचातानी गरी पार्टी टुक्राटुक्रा पारेर जनता र देशसँग बैमानी गर्न छोडनु पर्ने बताएका छन् ।
उनले पाटी विभाजन गर्नुको सट्टा बुढेशकालमा विश्राम गरेर नाती नातीना परिवारलाइ समय दिन आग्रह गरेका छन् । उनले नयाँ पिढींलाइ शक्ति हस्तान्तरण गरे मुलुकले सास फेर्ने बताएका छन् ।