शाहरुख खानको छोरी पनि फिल्म खेल्दै, यस्तो छ तयारी

फिल्म क्षेत्रमा धेरै जसो कलाकारहरुले आफ्ना छोराछोरी नै भित्राउने गरेका छन् । यहि भिडमा अभिनेता शाहरुखानले पनि छोरीलाई फिल्ममा भित्राउने बताएका छन् ।

शाहरुख खानले छोरी सुहानालाई पनि फिल्मी क्षेत्रमा प्रवेश गराउने इच्छा ब्यक्त गरेका छन् । उनले भारतिय मिडियासँगको कुराकानीमा छोरी सुहानालाई पनि यहि फिल्म क्षेत्रमा प्रवेश गराउन चाहेको बताएका छन् ।

फिल्मका लागि सुहानालाई अफर नआएको भने होइन तर, उनले नै फिल्म खेल्नका लागि अनुमति दिएका छैनन् । अव भने सुहानाले एक फिल्मबाट अभिनेत्रीका रुपमा डेब्यु गर्ने तयारीमा रहेकी छन् । भारतिय समाचारका अनुसार उनले निर्देशक जोया अख्तरले निर्देशन गर्ने नयाँ फिल्मबाट डेब्यु गर्न लागेकी हुन् । इन्टरनेशनल कमिक बुक ‘आर्ची’ को इन्डियन एडेप्टेशनमाथि काम गरिरहेको पनि समाचारमा उल्लेख गरिएको छ ।

यो फिल्म निर्माण भएको खण्डमा नेटफ्लिक्सबाट प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ । नेटफ्क्सिले नै निर्माण गर्न लागेको फिल्म टिनएजको कथालाई देखाउन खोजिने निर्देशक जोयाको भनाई छ । त्यसैले यस फिल्मको मुख्य भूमिकामा शाहरुखकी छोरीलाई जोयाले खेलाउने मनसाय बनाएकी छन् । त्यस कारण उनी चाँडै शाहरुख र सुहानालाई स्क्रिप्ट सुनाउने तयारीमा रहेकी छन् ।

फिल्मको कास्टिङमा काम भइरहेको पनि उनले जानकारी दिएकी छन् । सुहानाले यस अघि एक सर्ट फिल्ममा आफ्नो अभिनय कला देखाईसकेकी छन् । उनले २०१८ मा आएको ‘द ग्रे पार्ट अफ ब्लू’ नामक सर्ट फिल्ममा अभिनय गरेकी थिइन् । जुन फिल्ममा उनको अभिनयलाई दर्शकले तारिफ गरेका थिए । जुन १० मिनेटको फिल्म थियो ।