इस्लाम धर्मको विरुद्धमा अंग प्रदर्शन गरेको आरोप खेपेकी विदा बिकिनी देखिएपछि…

अफगानिस्तानमाथि तालिबानले कब्जा गरेको केहि दिन नबित्दै त्यहाँका महिलाहरु त्रासमा बाँचिरहेका छन् । दराजमा राखिएका बुर्काहरु निकाल्न थालेका छन् । स्वतन्त्र रुपमा बाँचिरहेका त्यहाँका महिलाहरु तालिबानले कब्जाले देश कब्जा गरेपछि त्रासदीपुर्ण समय गुजारी रहेका छन् ।

तर, तालिवानलाई चुनौती दिदै मिस अफगानिस्तान वीदा भने बिकिनी लगाएपछि अहिले यसैको चर्चा बढेको छ । वीदा समद्जै मोडल तथा अभिनेत्रीले आफुलाई बिकिनीमा केहि तस्विर सार्वजनिक गरेपछि अहिले चर्चामा आएकी छन् ।


सन् १९७८ को फेब्रअरीको २२ तारिखमा जन्मिएकी उनले फिल्म तथा फेशनको क्षेत्रमा करियर बनाएकी वीदाले सन् २००३ मा मिस अफगानिस्तानको ताज जितेकी थिइन् ।

त्यस्तैे अन्तर्राष्ट्रिय ब्युटी पेजेन्टमा समेत भाग लिएकी थिइन् । त्यो समय उनीमाथि विभिन्न आरोप लाग्नुका साथै इस्लाम धर्मको विरुद्धमा अंग प्रदर्शन गरेको समेत आरोप लागेको थियो ।