फिल्म ईन्डस्ट्रीवाट घुस आऊदैन त्यसैले सरकारको प्राथमिकतामा पर्दैन : पहारी

विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले नेपाल पनि आक्रान्त बनेको छ । पछिल्लो समयमा त झन् देशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ भने मृत्यु हुनेको सङ्ख्या पनि उकालो लागिरहेको छ । कोरोना सङ्क्रमण बढेसँगै नियन्त्रणका विभिन्न क्षेत्रका कामहरु बन्द गर्दा मुलुकको अर्थतन्त्र प्रभावित भएको छ भने फिल्मक्षेत्र अस्तव्यस्त बनेको छ । दुखमा परेका बेला कलामार्फत खुसी पारेर ऊर्जा थप्ने कलाकार समेत कोरोनाको आक्रमणबाट हैरान छन् । कतिपय कलाकारहरू त आफैँ सङ्क्रमित भएर उपचार गराइरहेका छन् । कोरोनाको कहर र लकडाउनले चलचित्र क्षेत्रलाई मात्र नभई देशको समग्र अर्थतन्त्रलाई नै नकारात्मक असर पारेको छ । मनोरञ्जन दिने सबै स्रोत बन्द भएकोले अब आगामी दिनमा दर्शकले चलचित्र हेर्छन् कि हेर्दैनन् भन्ने चिन्ता पनि बढ्न थालेको छ । यस्तै कोरोनाको भोगाई र फिल्म क्षेत्रको विषयलाई लिएर मेरो फिल्मले कलाकार विशाल पहरीसंग गरेका कुराकानी :
आजकाल के मा व्यस्त हुनुहुन्छ ?
आजभोलि सिरियल र एडहरूका व्यस्त छु । खासै काम पनि त छैन अहिले ।
कोभिडको कारण काम गर्ने वातावरण अझै पनि सहज भएको छैन,यो माहोलमा कसरी काम गर्नुभएको छ ?
अब पनि कोरोना भाइरस भनेर बसेर त भएन नि काम गर्ने ठाउँमा पुगेर काम नै नगरे खाने के ?अब त्यही त होनी सुरक्षाको मापदण्ड अपनाउने र आफ्ना दिनचर्यामा फर्किने ।
तपाई पनि कोरोना सङ्क्रमित हुनुभयो नि कोरोनासङको यात्रा कस्तो हुँदो रहेछ ?
भनिन्छ नि आफूले नभोगी केही पनि थाहा हुँदैन भनेर यो कोरोना पनि यस्तै नै रहेछ । मलाई कोरोना लागेको भनेर दुई दिनपछि मात्र थाहा भयो । जब कोरोनाको रिपोट मेरो हातमा पर्यो म डराए पनि पुरै शरीर नै चिसो भएर आयो । मनमा धेरै कुरा खेल्न थाल्यो आफ्नो आफन्त कोरोनाको कारणले गुमाएको भएरपनि होला यसलाई पालेर राख्न हुन्न भन्ने लाग्यो । कोरोना सङ्क्रमित भएको तिन दिनदेखी मलाई सारै गाह्रो हुन थाल्यो मैले यति दुखाई महसुस गरेकी म शब्दमा बयान नै गर्न सक्दिन । त्यति बेला नै मेरो अक्सोमिटर र थर्मोमिटर बिग्रियो मलाई झनै डर लाग्न थाल्यो मलाइ भाग्यले साथ दिएर होला मलाई गगन थापाको फोन आयो र मैले आफ्नो समस्या सुनाए भोलि पल्ट घरमा अक्सिजन आयो अनि मलाई बल्ल आनन्द भयो , र हौसला पनि मिल्यो । उहाँहरुको टिमले यसरी घर घरमा सेवा प्रदान गर्दै आउनुभएको रहेछ । म कोरोना सङ्क्रमित भएपछि ह्याम्स अस्पताल अस्पताल र ओम अस्पतालमा बसे सायद ६ दिन बसे । कोरोनासङको यात्रा एक शब्दमा भन्नुपर्दा निकै कष्टकर थियो । कुनै समय त यस्तो पनि लाग्यो अब सबै सकियो अब आफै नरहने भए । “अझ अर्को कुरा मैले त साथीभाइसँग गरेको लेनदेनको कारोबार समेत कपीमा लेखेको थिए अब आफैँ बुझनुस एक पलको समयमा के सम्म सोचाइमा आयो होला । कोरोनालाई साधारण नलिनुस् ।”
कोरोना लाग्दा र अहिलेको दैनिकीमा के फरक पाउनु भयो ?
मानिसहरू केही मात्रमा स्वार्थी रहेछन् । म स्वयम स्वार्थी रहेछु । जब म कोरोना लागेर बेडमा थिए मैले भगवानलाई धेरै सम्झिए अहिले भने मैले यस्तो गरे होला र भन्ने लाग्छ । तर मैले केही नराम्रो बानीहरू थिए त्यसलाई हटाए । त्यो छोटो समयमा मैले धेरै चिज देखे । अहिले आफूलाई केही फरक बनाएको छु । “जब म कोरोना जितेर घर फर्किन लागेको थिए म अस्पतालबाट बाहिर आफ्नो गाडीमा आएर बसे मलाई सारै प्यास लागेको थियो नजिकैको बोतल उठाएर पानीपिए मलाई एक्कासि पुरै शरीर पोलेर आयो अनि मेरो छोरा पनि आयो के भो भनेर सोध्यो तिर्खा लाग्यो यो पानी खाको पोल्यो भनेको त बाबु पनि आत्तियो मैले पानी होइन ट्वाइलेट सफा गर्ने फिनेल खाको रहेछु । फेरी इमरजेन्सी भर्ना गरे ।” मेरो मुखले केही थाहा नपाउने स्वाद विहीन नै भएको थियो । त्यो कठिन समय पा। गरेर आए मेरो लागी यहि दिन ठुलो छ । प्राथना गर्छु त्यामे दिन कसैले भोग्न नपरोस
फिल्म क्षेत्र त ठप्प छ अब यसलाई चलायमान बनाउनको लागी के स्वयम कलाकार र सरकारले के गर्नुपर्ला ?
अब कालाकारले दिने भनेको अभिनय हो अभिनय दिनको लागी चलचित्र बन्न प¥यो । सबै पक्षलाई सबल बनाएर कथालाई न्याय दिएर हामीले दर्शक सामु पु¥याउन सक्यो भने चलचित्र क्षेत्रलाइ उकास्न सकिन्छ भन्ने आशा छ । मेरो विचारमा ९० देखी १०० वटा हारहारीको मुवीहरु स्टकमा छ अझै पनि अरौबोको लगानी छ । हाम्रो गरिखाने बाटो नै यही हो । कोरोनाले गर्दा सबै क्षेत्र अस्तव्यस्त नै छ त्यो सजिलै अनुमान गर्न सकिन्छ तर मनोरञ्जन क्षेत्र भने अझै धरापमा परेको छ किनभने यसमा सरकारको ध्यान जान सकेन । जाओस् पनि किन ? उहाँहरूलाई हामीबाट फाइदा नै के छ र ? हामीबाट घुस आउँदैन अनि मतलब नै छैननी । होइन भने ध्यान किन जाँदैन ? देशको संस्कृति जोगाउने कलाकार हुन राजनीतिक गरेर मात्र संस्कृति बच्दैननी । हामीले कर तिरीरहेका छौ हामीले सकेको र क्षमताले भ्याएको काम गरिरहेका छौ खै हामी कलाकारलाई र कलाकारिता क्षेत्रलाई बुझेको यो सरकारले । न त सुटिङ गर्ने नै दिन्छ नत वैकल्पिक बाटो नै देखाइदिन्छ हामी कलाकारले गर्ने के ?
तपाईको अनुभवमा सिनेका के हो ? कोरोनाको कहरले सिनेमाको मूलधार कता गइरहेको जस्तो लाग्छ ?
सिनेमा एउटा समाजको ऐना हो, जसले समाजमा देशमा र विश्वमा भएका मानचित्रलाई दर्शकसामु प्रस्तुत गर्दछ। तर हामीले सधैँ मनोरञ्जनको साधन मात्रै मान्यौ । चलचित्र एउटा विश्वविद्यालय पनि हो । सिनेमा देशमा परिवर्तन ल्याउने बाटो पनि हो चलचित्र अनि मानिसको जीवनलाई परिवर्तन गर्ने माध्यम समेत हो । कोरोना कहरले सिनेमा क्षेत्र ओझेल परिरहेको छ यसलाई कसरी पहिलाको अवस्थामा ल्याउन सकिन्छ भनेर हामीले यसको बाटो खोज्नुपर्छ । दर्शकलाई भरपुर आनन्द दिन सकियो भने व्यावसायिक चलचित्रको कर्तव्य पूरा हुन्छ। संसारमा जति पनि कला रूपहरू छन्, ती सबै अटाउन सक्ने एउटै मात्र कला भनेको चलचित्र नै हो । साहित्य, सङ्गीत, गायन, नृत्य, चित्र कला, मूर्ति कला, वास्तु कला, अभिनय कला, स्थापत्य कला आदि जति पनि कलाहरू छन्, ती सबैको उपयोग चलचित्रमा हुन सक्छ । कोरोनाले गर्दा चलचित्र उद्योग अझ बढी मारमा परेको छ। सिनेमा हलहरुपनि ठप्प छन् । चलचित्र बनाउने र हेर्ने वातावरण मिलेको छैन। यस्तो अवस्थामा सरकारले अन्य क्षेत्रलाइ जस्तै उच्च प्राथमिकतामा राखेर सहुलियत पूर्ण ऋण उपलब्ध गराई धराशायी बनेको चलचित्र क्षेत्रलाइ उकास्न मद्दत गर्नु पर्ने देखिन्छ ।
तपाई आफूलाई दर्शकसामु कसरी चिनाउन चाहनुहुन्छ ?
म एक कलाकार हुँ , विगत लामो समय देखि कलाकारिता क्षेत्रमा लागिरहेको छु । म भाग्यमा भन्दा कर्ममा विश्वास गर्छु र राम्रो काम दर्शकहरूलाई दिने कोसिसमा छु। म चलचित्र सँगै सिरियलहरूमा पनि सक्रिय छु। यद्यपि म कलाकार भएर चलचित्र क्षेत्रको उत्थानमा लागिपरेको हुँदा एक राम्रो कलाकार भनेर चिनाउन चाहन्छु ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
महामारीमा अझ नसकिएको हुँदा सबै उमेर र वर्गका मानिसहरू आ–आफ्नो क्षेत्रमा सजग र सुरक्षित रहनु हुन विनम्र आग्रह छ । एक अर्कालाई सकेको मानवीय सहयोग गर्न हार्दिक अपिल गर्दछु ।

निर्माता अर्जुन कुमारको प्रश्न – नेपाली फिल्म प्राथमिकतामा किन पर्दैन ?

आफनो भन्दापनि बाबुनानीहरुको भविश्य देखेर डर लाग्छ : श्री नेहा पोखरेल

मोडल कमल भन्छन् – म कर्ममा विश्वास गर्छु तर पनि नेपोटिजमले झस्काउँछ R…

नायक बन्दै मोडल निराजन

“मेरो साथी फिल्म मेकर म पत्रकार”

फिल्ममा प्रसस्तै पैसा गुमाए, मकै घरबाट उठाउछु

महामारीले प्रधानमन्त्रीको सोचे अनुसारको फोटो खिच्न पाएको छैन- राजन काफ्ले

प्रतिक्रिया