‘म राजेश हमाल’मा जोडिए आर्यन, यस्तो छ भुमिका

फिल्म ‘म राजेश हमाल’ मा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । उनीसँग निर्माण टिमले मंगलवार कागजी सम्झौता गरेको छ । फिल्मका निर्माता केदार भुषालका अनुसार उनको फिल्ममा केमियो भूमिका हुनेछ ।

आर्यनले यस अघि राजेश हमालसँग फिल्म ‘मौसम र सपना’ मा सँगै काम गरेका थिए ।  विक्रम लामाले निर्देशन गर्ने फिल्ममा सञ्चिता लुइँटेल, मुकुन भुषाल, महेश त्रिपाठी, एवन राज उप्रेती, सञ्जोग रसाइली, अस्मिता लामिछाने लगायत कलाकारको मुख्य भुमिका रहनेछ भने हमाल अथिति भुमिकामा देखिन छन् ।

हमालको सम्मानका लागि निर्माण हुन लागेको यस फिल्मको छायांकन भदौ २० गते धनगडीबाट सुरु हुनेछ ।
राजेशको नाममा १० वर्ष अघि फिल्म ‘मेरो राजेश दाइ’ निर्माण भएको थियो । जसमा हमाल आफैं मुख्य भूमिकामा थिए ।