कोरोनाका कारण कलाकार शम्भुराज थापाको निधन

वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । एक महिना अघि कोरोना संक्रमित भएपछि पाटन अस्पताल भर्ना भएका कलाकार शम्भु उपचारकै क्रममा निधन भएको हो ।

उनको शनिबार विहान ४ः४० मा निधन भएको कलाकार बिनोद बान्तवा राईले जानकारी दिए । ६४ वर्षि कलाकार थापा पछिल्लो समय टेलिफिल्म हल्का रमाइलो , गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए । साथै थुप्रै, विज्ञापनमा समेत अभिनय गरेका छन् । थापाका श्रीमती, एक छोरो र एक छोरी छन् ।