हिरोको स्टारडम भएकी अभिनेत्री रेखा थापाका संघर्ष

नेपाली फिल्मको हिरोको स्टरडम भएकी अभिनेत्री हुन् रेखा थापा । उनले फिल्ममा गर्ने भुमिका र बोल्ने शैलीका कारण उनलाई आम दर्शकले हिरोका रुपमा लिने गरेका छन् । नेपाली समाजमा छोटो लुगा लगाउन हुन्न भन्ने समयमा रेखाले छोटो पहिरन लगाएर नै नेपाली समाजमा परिवर्तनको उदाहरण दिएकी थिइन् ।

झन्डै दुइ दशकमा उनले सयभन्दा बढी फिल्ममा अभियन गरेकी रेखालाई नेपाली समाजमा उर्लिइरहेको महिला सशक्तीकरणको एउटा उदाहरणका रूपमा लिने गरेको पाइन्छ । मोरङको सलकपुरमा बुवा प्रेमकुमार र सरस्वती थापाको कोखबाट बि.स.२०३९ साल भदौ ५ गते जन्मिएकी रेखा सानैबाट आँटिली हक्की स्वभावकी थिइन् ।

रेखाकै भनाई सापटी लिने हो भने उनी ‘बच्चैदेखि जिद्दी, हिम्मती र विद्रोही’ थिइन् । उनी १४ वर्षको हुँदाको समयमा विराटनगरमा भएको मिस कोसीमा भाग लिएकी थिइन । कक्षा १० पढ्दै गरेकी रेखाले हिम्मतका साथ बुवाको सिरानीबाट ३ झिकेर मिस कोसीमा भाग लिएकी थिइन् ।

उनका लागि यो फिल्म क्षेत्रमा आउने एउटा अवसर पनि रहेको थियो । मिस कोसी प्रतियोगितामा भाग लिएकी बेस्ट क्याट्वाक सब–टाइटल अवार्डसहित उनी सेकेन्ड रनरअप भएकी थिइन् । नीर शाह, करिश्मा मानन्धर, राजेश हमाल, झरना वज्राचार्य र सुरज वैद्य लगायत जुरीका रुपमा रहेका थिए । त्यसपछि रेखा मिस नेपाल प्रतियोगितामा भाग लिन काठमाडौ आएकी थिइन् । १४ वर्ष पुगेकी रेखाले २ वर्ष उमेर बढाएर नाागरिता सहित यो प्रतियोगितामा भाग लिएकी थिइन् । तर, टप टेनबाटै बाहिरिएकी थिइन् । यस पछि उनको फिल्मी यात्रा सुरु भएको थियो ।

फिल्मी करियर

मिस नेपाल प्रतियोगितामा टप टेनबाट बाहिरिएपछि एक दैनिकमा उनको बारेमा एउटा समाचार छापिएको थियो । फोटो सहित छापिएको यो समाचारले निर्माता छवि ओझोको आखा पर्यो । उनी फिल्म हिरो निर्माण गर्ने तरखरमा रहेका थिए । उनीसँगै रहेकाक निर्देशक नरेश पौडेलले रेखाललाई फिल्ममा खेलाउने निधो गरे र उनलाई फिल्मका लागि अफर गरेका थिए ।

उनलाई मिस नेपालमा भाग लिनु भन्दा अघि नै मिस कोेसीमा भाग लिएको समयमा फिल्म खेल्नका लागि अभिनेता नीर शाहले अफर गरेका थिए तर, उनले आफु फिल्मका लागि परिपक्क नभएको भन्दै अस्वीकार गरेकी थिइन् । उनले छवि ओझाको फिल्म ‘हिरो’बाट फिल्मी यात्रा अगाडी बढाएकी हुन् ।

पहिलो फिल्मबाट नै दर्शको मन जितेकी रेखाले फिल्म ‘कस्तो साइनो’ मा अभिनय गरेकी थिइन् । यो समयमा अभिनेत्री जल शाह, निरुता सिंह , विपना थापा, झरना थापा,करिश्मा मानन्धर लगाायतको नेपाली फिल्म क्षेत्रमा चलेका थिए । उनीहरुको जमाना थियो ।

फिल्ममा उनको प्रवेशले नेपाली फिल्म बजारमा निकै हलचल मच्चाएको थियो । रेखाले लगाएको पहिरनका कारण गसिपका पात्र बनिन् । लिड रोड अझैैँ नपाएकी रेखाले निर्देशक तथा निर्माता अशोक शर्माको ‘मितिनी’ बाट भने लिड रोल पाएकी थिइन् । त्यसपछि उनले कहिलै करियरमा पछाडी फर्केर हेनुृ परेन ।

हिरो कै निर्मातासँग विवाह

फिल्म ‘हिरो’ निर्माण हुँदै गर्दा बाघ निर्माताका रुपमा चिनिएका छवि ओझा र रेखाविच अफयेयर सुरु भएको थियो । अफेयर चल्दा चल्दै विवाह बन्धनमा बाँधिएका छवि र रेखा नेपाली फिल्म क्षेत्रमा सुपरहिट जोडीका रुपमा चिनिन्थ्यो । प्रेम विवाह बन्धनमा बाँधिएका छवि र रेखाको सम्बन्ध एक दशक पनि टिकेन र अन्ततः सहमतिमै दुवै जना अलग भए । छविसँग अलग भएकी अभिनेत्री रेखाले आफ्नै लगानी तथा निर्देशनमा केहि फिल्म निर्माण गरिन् ।

उनी अभिनित पछिल्लो फिल्म ‘नीर फूल’ प्रदर्शनको तयारीमा रहेको छ । गत वर्ष नै प्रदर्शनमा आउने भनिएता पनि कोरोनाका कारण प्रदर्शनमा आउन सकेको छैन । आफै फिल्म निर्माण गर्ने भनेर तातिएकी रेखा कोरोनाका कारण छायांकनमा जान सकेकी छैनन् । अनटाइटल फिल्मका लागि गत वर्ष नै व्यायाम गरेर आफ्नौ तौल घटाएकी थिइन् ।

हिरोसँगको विवाद

अभिनेत्री रेखा थापाको अभिनेतासँगको विवादको चर्चामा फिल्म बजारमा चर्चा पाउने गरेको थियो । उनीसँग जो अभिनेता फिल्म खेल्छ त्यहिसँग उनको सम्बन्ध विग्रेको हुन्थ्यो । उनको एकता चलेको अभिनेता निखिल उप्रेतीसँग बिबाद भएको थियो । उनले आफुसँग विवादभएपछि अर्को हिरो आफ्नो फिल्ममा राख्ने गरेकी थिइन् ।

निखिलसँग सम्बन्ध विग्रिएपछि विराजलाई आफ्नो फिल्ममा खेलाएकी थिइन् । विराजसँग पनि फिल्म ‘किस्मत’ रिलिजपछि सम्बन्ध बिग्रेपछि उनको नजर चकटेली हिरो अन्य अभिनेतासँग दोस्ती बनाएकी थिइन् । रेखाले नेपालका अधिकांश चलेका हिरोलाई आफ्नो फिल्मबाट डेब्यु गराएकी थिइन् ।

प्रेमका कुरा

निर्माता छवि ओझासँग सम्बन्ध बिच्छेदपछि नायक सुर्दशन गौतमसँग उनी प्रेममा परेको चर्चा चलेको थियो । २०७१ सालमा उनी आफैले एक साप्ताहिक पत्रिकासँगको कुराकानीमा आफु प्रेममा परेकी बताएकी थिइन् ।
उनले सुर्दशन गौतमलाई प्रेम गरेको र जीवनमा पहिलोपटक प्रेममा परेको दावी गरेकी थिइन् । तर, उनीहरुको यो प्रेमको चर्चा फिल्म ‘हिम्मतवाली’को प्रचारका लागि मात्र सिमित रहेको देखियो । फिल्म चलेपछि उनीहरुको प्रेमको चर्चा कतै चलेन ।