नायकबाट गायक बने दिनेश केसी

मिडियामा चर्चामा रहनेभन्दा पनि काम कसरी राम्रो गर्ने भन्ने सोचले कलाकारिताको क्षेत्रमा निरन्तर लागि रहेका नायक हुन् दिनेश केसी । ०६६ देखि आफ्नो जन्मथलो छाडेर काठमाडौंलाई कर्म थलो बनाउँदै आइरहेका नायक केसी गायक बनेका छन् ।

आफ्नो जिल्ला भित्रको पर्यटकीय स्थानहरुको बर्णन गरि तयार पारिएको गीत ‘हाम्रो दोलखा राम्रो दोलखा’ गायर नायकबाट गायकमा रुपान्तरित भएका हुन् । ०६७ मा प्रदर्शनमा आएको फिल्म ‘दानव’बाट अभिनयमा डेब्यु गरेका केसीले खलनाक, बादशाह, झमेला, निसाना, राजा, सिसा, लाले लगायत फिल्ममा अभिनय गरेका छन् ।

गायन प्रति रुचि पहिलेबाट भएपनि चलचित्रको कामले ब्यस्त रहँदा गीत गाउन पाइरहेको थिइन, कोभिड कहरका कारण फिल्मको काम ठप्प भएको मौकामा गीत रेकर्डिङ गरेको नायक केसी बताउँछन् ।