अभिनेता थापालाई कल्याण कोषको एक लाख सहयोग

अभिनेता तथा नेपाल चलचित्र कलाकार संघको अनुशासन समितिका संयोजक मुकुन्द थापालाई चलचित्र विकास बोर्डको चलचित्रकर्मी कल्याण कोषबाट एक लाख रुपैयाँ प्रदान गरिएको छ ।

शुक्रबार बोर्डका अध्यक्ष दयाराम दाहाल तथा कोषकी संयोजक बशुन्धरा भुषाल लगायतले कलाकार थापाको घरमा नै पुगेर उक्त रकम हस्तान्तरण गरेको हो ।

यस कोषले स्थापना कालदेखि नै गम्भिर प्रकृतीको रोग लागेका फिल्र्मीहरूलाई कदर सम्मान स्वरूप सहयोग रकम उपलव्ध गराउँदै आएको छ । अभिनेता थापाको केहि दिन अघि घाँटीको सफल शल्यक्रिया भएको थियो । केही हप्ताको आराम र उपचारपछि उनी पूर्ण स्वस्थ्य हुने उनी छोरी सपना थापाले जानकारी दिएकी छन् ।

कलाकार मुकुन्द थापा नेपाली फिल्ममा खलनायकको भुमिकामा निर्वाह गर्दै आएका छन् भने पछिल्लो समय टेलिफिल्ममा समेत अभिनय गर्न थालेकाक छन् ।