चन्द्रागिरि पुगेर पुर्वप्रधानमन्त्री ओलीले कोरेको यस्तो छ कविता

शुक्रबार पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चन्द्रागिरि हिल्स पुगेर कविता फुराएका छन् ।
‘भिराडिल–चन्द्रागिरि जेसुम’ उत्सव कार्यक्रमका लागि चन्द्रागिरि पुगेका ओलीले देश र नागरिकको सेवाबाहेक आफ्नो अरू कुनै जागिर नभएको दाबी गर्दै ओलीले शिक्षा सुधारका एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

सोहीक्रममा उनले कविता लेखेका छन् । जव जव उनी चन्द्रागिरि पुग्छन् तव तव कविता लेख्ने गरेका छन् । २०७५ साल असार ३१ गते पनि ओलीले चन्द्रागिरि पुगेर नै केहि हरफ कविता लेखेका थिए । यस पटक पनि चन्द्रागिरि पुगेका ओलीले यस्तो कविता लेखेका छन् ।

इच्छुमतिको किनार,

घुमेर मिराडिल

घुम्दै आइपुगियो

यता रमणीय चन्द्रागिरि हिल

कतै इतिहास, कतै परम्परा

गौरव र पौरख

यहीँका

डाडाँहरुका सतिदेवी

काँधमा बोकेर

शोकमग्न शिवजी

भौतारिएका थिए

यहीँ चन्द्रगिरि हुँदै

३२ सय वर्ष पहिले

चित्लाङबाट

गोपालीहरु

उपत्यका पसेका थिए

यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर

सुन्दर

इच्छुमतिको किनार, घुमेर भिराडील

घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल

कतै इतिहास, कतै परम्परा गौरव र पौरख

यहीँका डाँडाहरुका सतिदेवी काँधमा बोकेर

शोकमग्न शिवजी भौतारिएका थिए

यही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिले

चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए

यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर

सुन्दर काठमाडौँलाई नियालेका थिए

देवकोटाले मानवताको बिगुल फुकेका थिए

यही ठाउँमा अहिले फालिएको भिरलाई

गन्तव्य बनाएका छन पौरखीहरुले ।।

२. २०७५ असार ३१ गते ओलीले चन्द्रागिरिमा लेखेको कविता

परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको पो को छ र !

बाँचुन्जेल हो जिन्दगी मर्नु त छँदैछ

मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाऊँ

सगरमाथा लुम्बिनी मेची महाकाली

हाम्रा लहलह खेतबाली झपक्का कान्ला र आली

सपनामा भए पनि देख्न पाऊँ

चन्द्रगिरिको डाँडामा आएर सपनामा

भावी सन्तति मुस्कुराएको देख्न पाऊँ

तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाऊँ

म मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाऊँ