प्रतिशा वाग्लेको “संगिनी” सार्वजनिक    

लामो समय देखी गीत संगीतको क्षेत्रमा सकृय गायिका प्रतिक्षा वाग्ले पछिल्लो  समय झन धेरै सकृय हुन थालेकी छन । केही समय अघी मात्रै सार्वजनिक “टिकटककी हिरोनी” बोलको गीतको चर्चा सेलाउन नपाउदै उनै गायिका प्रतिक्षा वाग्लेको स्वरमा सजिएको तिज गीत “संगिनी”को भिडियो सार्वजनिक भएको छ ।

गीतमा प्रतिक्षा संगै बिशाल रायमाझीको स्वर सुन्न सकिन्छ । बिशालकै शब्द/संगीत तथा महेन्द्र भण्डारीको संगीत संयोजन रहेको गीत युट्युब मार्फत सार्वजनिक भएको हो ।   राज कुमार मगरको निर्देशनमा तयार भएको भिडियोमा एलिना रायमाझी, अल्फाज शाह, पूजन घिमिरे, कुशल अधिकारी, गोबिन्द थापा, प्रिन्स पाण्डे लगाएत फिचरिङ्ग छन ।

भिडियोमा महेस महराको छायाङ्कन तथा राज कुमार मगरको सम्पादन रहेको छ । गीत सार्वजनिक भएको छोटो समयमै युट्युबको ट्रेन्डिङमा परिसकेको छ । आफ्ना अघिल्ला गीतहरुमा जस्तै यो गीतलाई पनि दर्शक स्रोताहरुले मन पराइरहेको साथै गीत बाट आएको सकारात्मक प्रतिकृयाले आफुलाई निकै खुशी लागेको प्रतिक्षाले जानकारी दिइन । भिडियो हेर्नुहोस् ।