कोरोना कहरलाई चुनौती दिदै प्रदर्शनमा आएको ‘बेल बटम’को कमाई कति ?

कोरोनाका कारण सबै क्षेत्र ठप्प बनेको अवस्था छ । फिल्म क्षेत्र त सबै भन्दा धेरै सरासायी अवस्थामा गुज्रिरहेको बेला अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘बेल बटम’ हलमा लागेको छ ।

कोरोना कहरलाई चुनौती दिदै हलमा लागेको फिल्मले लगानी उठाउने छाँटकाँट नदेखेपछि बलिउड फिल्मकर्मी निराश भएका छन् । निकै अपेक्षित गरिएको फिल्म ‘बेल बटम’ले बक्सअफिसमा कमजोर कमाई गरेको भारतिय सञ्चारमाध्यमले जनाएको छ । करिब ४५ करोडमा बनेको फिल्मले चार दिनमा १३ करोड ४५ लाख रुपैया उठाएको छ ।

त्यस कारण पनि बलिउडका अन्य फिल्मकर्मीले फिल्म प्रदर्शन गर्ने नगर्नेमा अन्योलता छाएको बताएका छन् । यस फिल्मको पहिलो दिने कमाई २ करोड ७५ लाख मात्र थियो । यो अरु वर्षको तुलनामा निकै न्युन रहेको छ ।
बेल बटमपछि लगातार फिल्म प्रदर्शनको पाइप लाइन रहेको थियो ।

यो फिल्मपछि अमिताभ बच्चनको ‘चेहरे’ र १० सेप्टेम्बरमा कंगना रनोटको ‘थलाइवी’ रिलिजको समय तोकिएको छ । अक्षयकुमारको फिल्मले नै कमाईमा निराश पैदा गरेपछि यि फिल्मका लगानीकर्ता तर्सिएका छन् ।