अभिनेता प्रकाशले गरे छोराछोरी साँची राखेर दोस्रो पटक विवाह

अभिनेता प्रकाश राजले आफ्नी श्रीमती पोनी वर्मासँग दोस्रोपटक विवाह गरेको तस्विर सार्वजनिक भएको छ । उनले अगस्त २४ अर्थात मंगलबारका दिन पोनीबीच विवाह भएको ११ बर्ष पूरा गरेको अवसरमा फेरि विवाह गरेका हुन् ।

५६ वर्षीय राजको विवाहको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । प्रकाश राजले पोनी बर्मासँग आफ्ना छोराछोरीको अगाडि फेरि विवाह गरेका हुन् । प्रकाश राजले श्रीमतीलाई चुम्बन गरिरहेको तस्बिर समेत सार्वजनिक गरेपछि अहिले सामाजिक सञ्जालमा थप चर्चाको विषय बनेको छ । उनले,‘आज हाम्रो फेरि विवाह भयो, किनकि हाम्रा छोरा वेदान्त हाम्रो बिहे देख्न चाहन्थे ।’
उनले केहि दिन अघि लेखेका थिए, ‘यो धेरै राम्रो थियो । मेरो प्यारी श्रीमती मेरो लागि यति राम्रो साथी भएकी छन् । एक प्रेमिका र एक अद्भूत सहयात्री भएकोमा धन्यवाद ।’ अभिनेता प्रकाशराज तेलुगु फिल्मकासाथै बलिउडमा समेत आफ्नै पहिचान रहेको छ ।