केकीले बिहे नगर्नुको कारण यस्तो रहेछ (भिडियो सहित)

नेपाली दर्शकमाझ लोकप्रिय केकी अधिकारीलाई पत्रकार तथा फ्यानहरुले बिहे कहिले गर्ने भनेर सोध्ने प्रश्नले हैरान हुँदै आएकी छन् । उनले विवाहको बारेमा समय आएपछि बिहे गर्ने तर्क दिदै आएकी थिइन् ।

तर, अभिनेत्री केकीले बुधवार आफ्ना यूट्युब च्यानलमा प्रशंसकले सोधेको प्रश्नको जवाफमा आफुलाई बिहे गर्न निकै डर लाग्ने जवाफ फर्काएकी छन् । उनले भनेकी छन,‘मलाई विवाह भन्ने चीजसँग डर लाग्छ । त्यसैले बिहे जो सुकैसँग होस् । फ्यानलाई म पूजा गर्छु ।’
त्यस्तै, अर्का फ्यानले उनलाई ‘बिहे गरम गरम लाग्दैन’ भनेर सोधेका छन् । जवाफमा उनले हाँस्दै भनेकी छन्, ‘बिहे गरम गरम त कसैलाई हुन्छ जस्तो मलाई लाग्दैन । जतिले पनि विवाह गरेका छन्, बिहे गरम गरम लागेर गरेका होइनन् होला । मलाई बिहे नगरम नगरम पनि भएको छैन ।’