कलाकारका आफनै युट्युब च्यानल, हेर्न पाइन्छ घरदेखि शौचालय सम्म …

सुजता अम्गाई

अहिले कोभिडको कारणले गर्दा सबैजना आफ्नो व्यापार व्यवसाय र कामहरू छोडेर साधरण जीवन बितारहेका छन् । कोरोना भाइरसले सबै क्षेत्रलाई अस्तव्यस्त नै बनाइदियो यही अस्तव्यस्त समयलाई सदुपयोग गरेर केही कलकारहरूले आफनै युटुव च्यानल खोले भने कोहीले पहिले देखी नै खोलेको च्यानललाई निरन्तरता दिए । कुनै समय कलाकारलाहरुलाई आफ्नो कामको चर्चा परिचर्चा गर्नको लागी विभिन्न युट्युब, टेलिभिजन अन्तर्वार्ता, पत्रपत्रिकाहरू खोज्न पर्थ्यो अहिले समय नै परिवर्तन भएको छ । कलाकारहरूले आफनै युटुवमार्फत आफ्नो व्यक्तिगत र प्रोफेसनल जीवनको विषयमा जानकारी दिन थालेका छन् । कुनै समय थियो, चलचित्रमा काम गर्ने कलाकारलाई आफ्नो प्रचार गर्नका लागि विभिन्न पत्रिका, टेलिभिजन र रेडियोका केही कार्यक्रम, पत्रिकाकामा भर पर्नुपर्थ्यो । तर अहिले नायिका बिपना थापादेखि केकी अधिकारी सम्म आफ्नो युट्युब च्यानल सञ्चालनमा ल्याइसकेका छन् ।

कोही कलाकारकारको युटुव च्यानलको सुरुवाती चरण हो भने कसैको वर्षौ भइसकेको छ । कलाकारहरूले आफ्नो युटुवमा म्युजिक भिडियो, फ्यानसँगको प्रश्नोत्तर, फोटोसुट, अन्तरवार्ता , ब्लग, खानाको परिकार बनाउने देखी अन्य विषयहरूलाई लिएर भिडियोहरू प्रस्तुत गरेका छन् । हुनत अहिले डिजिटल युगमा प्रविधिले नयाँ–नयाँ फड्को मारेको छ । पछिल्लो केही वर्षदेखि नेपालमा युट्युब प्रचारको मात्र होइन, आम्दानीको पनि राम्रो माध्यम बनिरहेको छ । भ्युजको लागी अन्य हेडलाइन हाल्नेहरुपनि पछि परेका छैनन् । कलाकारहरूको च्यानलमा नेपाली फिल्मका कलाकारहरूका हजारौँ अन्तरवार्ता देख्न सकिन्छ । सामाजिक सञ्जालमा सक्रिय रहेका नेपाली चलचित्रका कलाकारहरू युट्युबमा पनि उस्तै सक्रिय रूपमा प्रस्तुत हुन थाले । यतिसम्म कि, कलाकारले कुन च्यानलमा अन्तरवार्ता दिने भन्ने समेत भेउ पाउन सकेनन् । जसलेगर्दा, कलाकारहरू सस्तिएको भन्दै आलोचना पनि भयो भन्दा फरक नपर्ला कलाकारको नाम जस्तो सुकै हेडलाइन बन्ने र त्यही हेडलाइनको कारण ट्रोल समेत नबनेको भने होइन ।

कलाकारहरूलाई देख्न न भेट्न दर्शकहरू आतुर हुने र जसले गर्दा कलाकारहरूको महत्त्व बढोस् तर यसलाई पछिल्लो समय कलाकारहरूलेनै आफैलाई सस्तो बनाएका छन् । उनीहरूले आफ्नो प्रोफेसनल लाइफ , दैनिकी , र पर्सनल कुराहरूलाई अन्य अन्तरवार्तामा मात्र सिमत राखेनन् दर्शकमाझ ल्याउनका विगत केही वर्षदेखि कलाकारहरू आफ्नै युट्युब च्यानल खोलेर आफ्ना बारेमा सामाग्रीहरू दर्शकमाझ ल्याउन व्यस्त छन् । युटुबरहरु कलाकारहरूको पर्सनल लाइफ र घर भित्र सम्म पुगे भनेर आलोचना भइराख्दा पछिल्लो समय कलाकारहरूले नै आफ्नो  घरको बेडदेखि शौचालय सम्मको भिडियो युट्युबमा अपलोड गर्न थालेका छन् । हुनत, कलाकारहरू धेरै सस्तो हुन नहुने र जहाँ पनि सहजै उपलब्ध हुन नहुने खालका तर्क चल्ने गर्छन् । यसैले पनि कलाकारहरूले आफ्नो स्टारडमलाई जोगाउन नसकेको भन्दै आलोचना हुने गरेको छ ।नेपाली चलचित्रमा काम गर्ने कलाकारहरूमा नायिकाहरू युट्युबमा बढी सक्रिय छन् । यसमा नायिका बिपना देखी प्रियङ्का कार्की र केकी अधिकारी सम्मको युटुवमा सक्रियता देख्न सकिन्छ ।

करिश्मा मानन्धर- नायिका करिश्मा मानन्धर : सदाबहार सुन्दरी नायिकाको रूपमा दर्शकहरूले मन पराएका नायिकामा पर्छिन् । उनको पनि आफनै युटुव च्यानल छ । उनले आफनो युट्युबमा ब्लग , र सुन्दरताको घरेलु टिप्सहरू दिइराख्छिन् । पछिल्लो समय उनले गीतहरूको क्लिपहरू अपलोड गरेकी छन् । नायिका प्रियङ्का कार्की  दर्शकले एकदमै रुचाएको अनि विभिन्न ट्रोल बनिरहने नायिका हुन् । कार्की पनि युुटुबमा निकै सक्रिय छिन् । उनको युट्युब ‘चपचप डायरी’ नामक सो नै हेर्न सकिन्छ ।, प्रियङ्काले फयान्सहरुको प्रश्नलाई कलाकारहरू नै बोलाएर गफ गर्ने गरेकी छन् । उनले पछिल्लो समय आफ्नो गर्वअबस्थाको भिडियोहरू पनि अपलोड गरेकी छन् । जसमा नकारात्मक र सकारात्मक दुवै प्रतिक्रियाहरू आउने गर्दछन् ।

बिपना थापा-नायिका बिपना थापा : नेपाली चलचित्र क्षेत्रमा डेढ दशक अगाडि नायिका बिपना थापाको फिल्ममा गजबले जमेकी नायिका हुन् उनको छुटै उचाइ थियो । बिपना चलचित्र क्षेत्रबाट पछिल्लो एक दशकदेखि नै टाढा छिन् । उनलको विबहा भारतमा भएको हो । उनी बिहे गरेर भारतमा परिवारसँग बस्दै आएकी । पछिल्लो समय उनी आफनै  युटुव च्यानलमा व्यस्त छिन् । बिपना थापा अफिसियल नामक युटुवमा निकै सक्रिय देखिन्छिन् । उनले आफ्नो युटुव च्यानलमा खाना पकाएको भिडियो , धुम्न गएको ब्लग, आफ्नो ठाउँको चालचलन र संस्कृति अनि नेपालीप्रतिको माया झल्काउने खालको भिडियोहरू अपलोड गरिरहन्छिन् । उनले अपलोड गरेको भिडियोमा राम्रो भिउज आइरहको छ । तर उनले आफ्नो अभिनयको यात्रा भने रोकेकी हुन कि फेरी फिल्ममा देखिन्छिन् यो सबैको चासोको विषय बनेको छ ।

रिचा शर्मा- नायिका रिचा शर्मा : अर्की, नायिका ऋचा शर्मा ऋचा शर्मा आमा बन्दैछिन् । उनी गर्वअवस्थामा पनि आफ्नो युट्युबमा च्यानलमा उत्तिकै सक्रिय छिन् । उनी अहिले कमेडी च्याम्पियनको निर्णायक पनि हुन् । उनले आफनोे युट्युबमा बिहेको भिडियो देखी लिएर आनाको परिकार बनाउने विधि समेत अपलोड गरेकी छन् । पछिल्लो समय उनले गर्वअबथाको बारेमा पनि युटुबमामार्फत जानकारी गराउँदै आएकी छन् ।

वर्षा राउत- सन्जोग कोइराला नायिका वर्षा राउत र नायक सन्जोग कोइरालाले युट्युब च्यानल सञ्चालन गरेका छन् । यो च्यानल नयाँ भने होइन सञ्चालन गरेको धेरै भइसकेको छ र धेरै भिडियोहरू अपलोड समेत छ । ‘सान्सा’ नाम दिएर उनीहरूले सञ्चालन गरेका हुन् । वर्षा र सन्जोगले आफ्नो युट्युब च्यानलमा घुमफिरका भ्लगहरू पोस्ट गर्ने गरेका छन् ।

केकी अधिकारी- नायिका केकी अधिकारीले पनि आफ्नै युट्युब च्यानल सञ्चालनमा ल्याएकी छिन् । हालसम्म, उनको युट्युब च्यानलमा धेरै भिडियो देखिँदैन थोरै मात्र भिडियो पोस्ट भएका छन् । केकीले खासै भिडियो अपलोड नगरेपनि युटुबरको ट्याग भने लागेको छ । उनलको पछिल्लो भिडियो तपाईँको कोइशन मेरो आन्सरकमा आगामी दिनहरूमा युट्युबमा सक्रिय हुने सङ्केत देखिन्छ ।

रिचा घिमिरे – नायिका रिचा घिमिरे नेपालमा आएकी छन् । उनले पछिल्लो समय चलचित्रबाट पर सरिसकेकी छन् । उनी चलचित्र क्षेत्रबाट टाढा जानुको कारण विभिन्न मिडियामा अन्तरवार्ता दिएर प्रस्ट पारेकी छन् । उनी पनि युटुवमा सक्रिय नै छिन् । उनले आफ्नो फोटोसुट र विभिन्न प्रोग्राम लगायताका अन्य भिडियोहरू अपलोड गरेकी छन् ।

आँचल शर्मा-नायिका आँचल शर्माले पनि युटुब च्यानल खोलेकी थिईन उनले आफनो विबहाको भिडियो समेत अपलोड गरेकी छन् । आचलले एक अन्तवार्तामा सबैको युटुब छ तपाईलाई चाही युटुब चलाउनु हुन्न भन्ने प्रश्नमा उनले मलाई पनि मन पर्छ तर युटुबमा नयाँ चाही के दिने भन्ने सोचिरहेको छु । केही नयाँ विषय पाए भने म पनिचलाउछु उनले भनेकी छन् । सायद अब आचँल शर्मा पनि युटुबमा ै देखिने छिन्

स्वस्तीमा खड्का-नायिका स्वस्तीमा खड्का को पनि आफनै युटुव च्यानल छ तर उनले आफ्नो युटुव च्यानल मा खासै भिडियो राखेकी छैनन् । तर पनि युटुव खोल्नेहरू मध्ये उनी पनि अछुतो भने रहिनन् ।
नयिका अनु शाह अहिले आफ्नो युटुव च्यानलमा व्यस्त छिन् । उनले विगत लामो समयदेखी नायक सविन श्रेष्ठको प्रेममा छिन् । उनले आफ्नो युट्युब च्यानलमा आफ्नो र सविन श्रेष्ठसङको बल्गहरु राख्ने गरेकी छन् । उनलको भिउज र कमेन्टहरू पोजेटिभ छन् ।

आँचल शर्मा- नायिका आँचल शर्माले पनि  युटुब च्यानल खोलेकी थिईन उनले आफनो विबहाको  भिडियो  समेत अपलोड गरेकी छन् ।  आचलले एक अन्तरवार्तामा सबैको युटुब छ तपाईलाई चाही युटुब चलाउनु हुन्न भन्न्े प्रश्नमा उनले मलाई पनि मन पर्छ तर युट्युबमा नयाँ चाही के दिने भन्ने सोचिरहेको छु । केही नयाँ विषय पाए भने म पन िचलाउछु उनले भनेकी छन् । सायद अब आँचल शर्मा पनि युट्युबमा देखिनेछिन्

रीमा विश्वकर्मा-नायिका रीमा विश्वकर्मा पनि युट्युबमा सक्रिय छिन् । उनले, सञ्चालन गरेको युट्युबमा उनको च्यानलमा पनि घुमफिरको भ्लग, केकीसँगको कुराकानी र फ्यानसँगको प्रश्नोत्तर हेर्न सकिन्छ । उनले मेरो एउटा साथी छ भन्ने नाममा कुराकानी गरेको भिडियोहरू छन् । उनी अहिले आफनौ युट्युबमा मात्र नभई कमेडी च्यामपिएनको कार्यक्रमको भूमिकामा पन उत्तिकै सक्रिय छिन् ।

अनु शाह– नायिका अनु शाह अहिले आफ्नो युटुव च्यानलमा छ  । उनले आफ्नो युट्युब च्यानलमा भ्लग केही रमाइला भिडियोहरु राखेकी छन् । उनी विगत लामो समयदेखी नै नायक सविन श्रेष्ठको प्रेममा छिन् । उनको अधिकांश भिडियो सविन श्रेष्ठको युटुवमा छ ।

सन्चालनमा ल्याइएको युटुव च्यानलमा अपलोड गरिएको भिडियोहरू हेर्दा मिडियामा अन्तरवार्ता दिनको लागी विषय नै नहोला है !”  यती मात्र होइनन् नेपाली अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहलगायत धेरै कलाकारहरुको  युट्युब च्यानल छ ।