भुवनसँगको विवादपछि साम्राज्ञीको हातमा फिल्म नै फिल्म

नेपाली फिल्मकी सबै भन्दा महँगी अभिनेत्री हुन् साम्राज्ञी आएएल शाह । उनको पारिश्रमिक अन्य अभिनेत्रीको भन्दा हाइ छ । उनले अभिनय गरेको पहिलो फिल्म ‘ड्रिम्स र ए मेरो हजुर २’ को सफलतापछि उनको पारिश्रमिक बढेको हो ।

उनले अभिनय गरेको पछिल्लो दुई फिल्म ‘मारुनी र रातो टीका निधारमा’ले फ्लप भएपछि उनको करियरमा केहि धक्का लाग्यो । तर, उनको फिल्मले पछिल्लो समय आर्थिक रुपमा कमजोर भएता पनि हातमा फिल्म आउन भने छोडेको छैन ।

अभिनेता भुवन केसीसँग परेको लफडाले साम्राज्ञीलाई असर पर्छ कि भन्ने अनुमान धेरैले गरेका थिए । तर, मान्छेले लगाएको अनुमान अहिले गलत सावित भएको छ । निषेधाज्ञाका कारण होु् या अन्य लफडा तर उनलाई अभिनय गराएर फिल्ममा खेलाउने निर्माता र निर्देशकको लाइन छ । अझ भनौँ उनको पाइपलाइनमा अहिले पनि आधा दर्जन फिल्म छन् ।

निषेधाज्ञाअघि उनले फिल्म ‘तिम्रो मेरो साथ’ को छायांकन सकाएकी सकेकी छन् भने जसको डविङ कार्य समेत सकिएको छ । यही भदौ १५ गतेबाट उनी कपिल रिजालको निर्देशनमा बन्न लागेको फिल्ममा काम गर्दैछिन् । यो फिल्ममा उनको जोडी कलाकार जितु नेपालसँग बाँधिएको छ । यो फिल्मपछि साम्राज्ञीले हेमराज विसी, मिलन चाम्स र प्रवेश पौडेलको मध्ये एकको छायांकनमा लाग्ने छिन् ।