राष्ट्रिय गीत ‘हामी नेपाली हामी गोर्खाली’ बेलायतबाट रिलिज

- मेराेफिल्म

सुरेश राज पाठक, मधुसुदन थापा मगर र ममता गुरुङको स्वर रहेको  ‘हामी नेपाली हामी गोर्खाली’  बोलको राष्ट्रिय गीतको भिडियो सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतका शब्द शृजना कल्पना आंगबुहागंका हुन् भने गीतमा अशोक कुमार राईको संगीत रहेको छ । बेलायतमा छायांकन गरिएको भिडियो नेपाल चलचित्र कलाकार संघ यूकेको प्रस्तुतिमा तयार भएको हो ।

गंगाराजको कम्पोज रहेको गीतमा रोमियन लिम्बु, ध्रुब दत्त, सिर्जना निलेगंखु, आस्था जोशी, दीपक मैथाने मगर, सन्तोष राई, सन्तोष राई, परशुराम राई, कुमुद पन्त, प्रतिमा दुराज र इन्दु लिम्बुको कलात्मक अभिनय  देख्न सकिन्छ ।

दिलु थापाको कोरियोग्राफी रहेको भिडियोमा नवीन निरौलाको कलर, सञ्चारकर्मी कुशल श्रेष्ठको छायांकन र सम्पादन रहेको छ । भिडियोको निर्देशन सन्त कुमार राईले गरेका हुन् भने ब्यबसायी सुमन पुनले निर्माण गरेकी हुन् ।

 

२०७८ भदौ १७ गते १६:०८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *