गोविन्द राई निर्देशित ‘परम्पा परम्पा’ सार्वजनिक

गोविन्द राईको निर्देशन रहेको म्युजिक भिडियो ‘परम्पा परम्पा’ सार्वजनिक गरिएको छ । आधिकारिक युट्युब च्यानल ‘गोविन्द राई इन्टरटेन्मेन्ट ‘ मार्फत म्युजिक भिडियो रिलिज गरिएको हो ।
भिडियोमा शुभ आचार्य , मोनिका कर्माचार्य, मोनिशा कर्माचार्य र विकास अधिकारी फिचर्ड छन् । भिडियोलाई दिपेन बस्नेतले खिचेका हुन् भने सम्पादनका साथै रङ संयोजनको काम पनि उनैले गरेका छन् ।
‘परम्पा परम्पा’मा चन्द्र सिर्मलको आवाज, शब्द र सङ्गीत गीतमा समावेश छ भने सङ्गीत संयोजन प्रसन्न परियार ‘मिन्ट स्टुडियो’ , रेकर्ड श्याम बाघोस्, मिक्सिङ मास्टरिङ् प्रदीप जोशी ले गरेका छन् । यस्तै मेकअप अशोक रोक्का र कोरीयोग्राफी कृश लिम्बुले गरेका हुन् । गीतको मिक्स मास्टर र रेकर्ड डोरेमी स्टुडियोमा गरिएको हो ।
नेपाली फिल्म क्षेत्रमा नृत्य निर्देशनमा चर्चित नाम हो ‘गोविन्द राई’ l ३०० भन्दा बढी फिल्ममा नृत्य तथा निर्देशन गरी सकेका राईले हजारौँ  बढी म्युजिक भिडियोमा पनि आफ्नो प्रस्तुति दिइसकेका छन् l राई अभिनयमा पनि उतिकै अब्बल छन् l ती मध्य उनले गरेका कयौँ कामहरूले थुप्रै सम्मान पाउनुका साथै गोविन्दले फिल्ममा गरेका अभिनयले पनि दर्शकको मनलाई उत्ति नै जितेको छ l पछिल्लो समय नृत्य निर्देशक गोविन्द राईको व्यस्तता बढ्दो छ l