फिल्म हल तत्काल नखोल्ने,उपत्यकामा मात्र हल खोल्ने अनुमति दिनु अव्यवहारिक भयो : अशोक शर्मा

कोरोना भाइरसको कारण विगत लामो समयदेखी बन्द भएको सिनेमा हल भदौ १६ गते देखी खुल्ने निर्णय भएको हो । काठमाडौँ, भक्तपुर र ललितपुरका सिडिओहरूको बैठकले कोरोना भाइरसबाट जोगिन स्वास्थ्य मापदण्डको पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिने निर्णय गरेको हो ।

अहिले  नेपाल चलचित्र सङ्घले तत्काल फिल्म हलहरू नखोल्ने निर्णय गरेको छ । निर्माता र फिल्म वितरकहरूको निर्णयमा अहिले नै सिनेमाहलहरू नखोल्ने निर्णय गरेको चलचित्र महासंघका महासचिव अशोक शर्माले जानकारी दिए । उनले मेरो फिल्म सँगको कुराकानीमा भने – नेपालभर हल खोल्ने र ५० प्रतिशत मात्र नभइ शतप्रतिशत अकुपेन्सीमा संचालनको अनुमति नपाएसम्म फिल्म हल नखोल्ने निर्णय भएको छ ।”बन्द गर्ने बेलामा भने केन्द्र«बाट गर्ने अहिले खोल्ने बेलामा भने चाही जिल्लाबाट निर्णय किन गरियो ! नेपालभर हल खोल्ने र फुल अकुपेन्सीमा सञ्चालनको अनुमति नपाएसम्म फिल्म हल नखोल्ने सङ्घ निर्णय भएको छ ।

उनले थपे ‘उपत्यकामा मात्र हल खोल्ने अनुमति दिनु अव्यवहारिक हो,’ जिल्लामा पनि खोलिनुपर्छ । हामी बुझ्छौ कुनै जिल्लामा कोरोना भाइरसको त्रास होला कोरोना भाइरसको त्रास भएको जिल्लामा सिडिओले बन्द गरोस् हामीलाई कुनै समस्या भएन स्वास्थ्य पनि ठुलो कुरा हो तर जिल्लाबाट आएको निर्णयलाई हामीले स्वीकार गरेर भने हल खोल्दैनौ । अबको हाम्रो माग भनेको केन्द्र«बाट निर्णय होस र नेपालभर सिनेमा हल खोलियोस् । हामी भोलीदेखि नै सरकारसँग कुराकानी अगाडि बढाउने तयारीमा छौं ।’