कलाकारले गर्ने गाईजात्रा के गाईजात्रा : जितु नेपाल

 

काठमाडौं– कलाकार जितु नेपालले दर्शक हसाउन मात्र होइन सामाजिक सञ्जालमा विभिन्न प्रस)गमा राजनीतिप्रति व्यंग्य गर्दै क्यापसन पनि लेख्न उत्तिकै माहिर छन् । बागमती प्रदेशमा बुधबार सरकार विस्तार भयो । बुधबारबाटै सुरु भएको संघीय संसदको बैठक पनि सुरु भयो । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरे । जसकारण बैठक १५ मिनेटका लागि स्थगित भयो । कलाकार जितुले यी दुई विषयलाई लिएर स्टाटस लेखे । उनको स्टाटस संसदको कोलाहल र सरकार विस्तार प्रति थियो ।

उनले लेखेका छन् :

‘बागमती र लुम्बिनीमा १२÷१३ मन्त्रीका सपथ । संसदमा कोलाहल, संसद चलाउन नसकेर स्थगित । सडकमा नारा जुलुस आन्दोलन । केन्द्र सरकारमा भागबन्डा नमिलेर मन्त्रीमन्डल नियुक्तिमा ढिलाई । यस्तो पो गाईजात्रा । हामी जाबो कलाकारले गर्ने गाईजात्रा के गाईजात्रा’,