‘जातको प्रश्न’ को दोस्रो सिजन सुरु हुँदै

काठमाडौँ- राजेश हमालले सञ्चालन गर्दै आएको कार्यक्रम ‘जातको प्रश्न’ को दोस्रो सिजन हुने भएको छ । समता फाउन्डेसनले निर्माण गरेको उक्त कार्यक्रम आज शनिवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै दोस्रो सिजन हुने जानकारी दिएको हो ।

कार्यक्रम असोज २२ बाट टेलिभिजन मार्फत प्रसारणमा आउने छ । शान्ता नेपालीको नेतृत्वमा निर्माण हुने ‘जातको प्रश्न’ मा पत्रकार विवेक रेग्मी, भानु बोखिम तथा समता फाउन्डेसनका अनुसन्धानकर्ताले कार्यक्रमका लागि अनुसन्धान र लेखन गरेका छन् । यस पटकको कार्यक्रमलाई अभिनेताद्वय राजेश हमाल र दयाहाङ राई, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी, सङ्गीतकर्मी प्रकाश सपूत र सञ्चारकर्मी निश्मा ढुङ्गाना चौधरीले सञ्चालन गर्नेछन् ।