समाचारको हेडलाइन बनेकी पूजा शर्मा 

नेपाली चलचित्र उद्योगमा एक सफल नायिकाको नाम लिँदा अभिनेत्री पूजा शर्माको नाम पनि आउँछ । पछिल्ला दिनमा उनको चर्चा फिल्म भन्दा बाहिर छ । हुन त फिल्ममा चर्चा होस पनि कसरी, कोरोना भाइरसको कारण अहिले सबै काम ठप्प छ ।केही समयअघि राहात वितरण कार्यमा आकाश शर्मा पत्रकार प्रकाश सुवेदीसङ गए पश्चात् उनीहरूको सम्बन्धमा दरार आएको देखिन्छ । एक अन्तरवार्ता पुजालाई विवादित बनाइएको कारण पत्रकार र कलाकार एक दुस्मनीको सुरुवात भएको थियो । आकाश श्रेष्ठ सोही पत्रकारसङ राहात यात्रामा गएपछि पूजा र आकाशको सम्बन्ध चिसिएको हो । अहिले भने पुजाको केही समयदेखि युद्ध बानियाँसङ नाम जोडिएपछि उनको प्रेमचर्चाले स्वरूप बदल्यो । अभिनेता आकाश श्रेष्ठलाई भिनाजु भनिरहेका फ्यानहरु जिल्ल परेका छन् ।  नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडीलाई दर्शकले निकै मन पराएका छन्। संचारकर्मी सँग कुरा गर्दै पूजा र आकाशले दर्शकका कारण दर्शककै लागी आफूहरू एकसाथ रहेको बताउँदै आएकी छन् । अभिनेत्री पूजा शर्मा प्रेम चर्चामा आएपछि  तनावमा देखिएकी छन् । उनले केही समय अगाडी सामाजिक सञ्जालमा  मात्रै युट्युबरलाई आफ्नो कुरा नगरी खाना नपच्ने हो ? भनेर प्रश्न गरेकी थिईन तर अहिले त्यो स्ट्याटस हटाइएको पाइएको छ । आकाश श्रेष्ठसङको सम्बन्ध चिसिएपछि युद्ध बानियाँसङ पुजाको नाम जोडिएको छ तर प्रेमबारे उनी बोलेकी भने छैनन् ।

एक पछि अर्को नाम सँग जोडिएर समाचार र युटुवहरुको हेडलाइन बनेकी पूजा शर्मा फेरी पनि समाचार बनेकी छन् । निर्देशक सुदर्शन थापाले केही दिन अगाडि मात्र समाचारवाचिका सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरे । वर्षौंदेखि संगै काम गरेकी र आफनो दु खमा साथ दिने भनेकी  पूजा शर्मा यो समारोहमा  थिइनन् । उक्त समारोहमा पूजा शर्माको  उपस्थित नहुँदा चलचित्र देखी  दर्शकमा विभिन्न खालका आशंका उत्पन्न भयो । फेरी पनि समाचारको हेडलाइन बनीन् पूजा शर्मा ।  सुदर्शन थापा र पूजाविचको सम्बन्ध र सहकार्यबारे विभिन्न प्रश्न समेत उठन थाले ।

नायिका पूजा शर्माले आफु माथि उठेका प्रश्नको जवाफ भने विभिन्न कार्यक्रम र अन्र्तवार्ता मार्फत दिएकी छन् । उनले भनेकी छन् -सुदर्शनले बिहे गर्दैमा एकसाथ कामै गर्दैनन् कि भनेर नसोच्न सबैसँग आग्रह गरेकी छिन् । पूजाले भनिन्–‘हामी नै सुदर्शन थापाको बिहे होस् भनेर चाहने व्यक्ति हो । उहाँको जीवन कसैको साथमा अगाडि बढोस् भनेर सोच्ने अनी बिहे गरेपछि मलाई चलचित्रमा नै लिदैन कि भनेर सोच्नु स्वार्थीपना हो । बिहे गर्दैमा टिमअप छुट्ने होइन ।’

उनले थपिन –‘भोली म पनि बिहे गरेर जान्छु होला । त्यो बेलामा पनि म सुदर्शनलाई चलचित्रमा मलाई नै राख्नुहोस् भनेर भन्दिनँ । मैले पहिलेदेखि नै स्टोरीमा नमिलेको खण्डमा आफूलाई नराख्न सुदर्शनलाई आग्रह गरेको थिएँ । म यस्तो गीत गाउँछुमा मैले नै अर्की नायिकालाई अफर गरेको थिएँ । हाम्रो चलचित्रमा म नै हुनुपर्छ भन्ने छैन । उनले भनेकी छन् सुदर्शन थापाको बिहे हुदैँमा पूजा शर्माको लाइफ चेन्ज हुन्द्ध भनेर किन सोचेको होला भनेर प्रश्न समेत गरेकी छन् । यति मात्र नभई उनले नायिका वर्षा सिवाकोटी संगको सम्बन्ध राम्रो भएको पनि बताएकी छन् ।