‘तोरी खायो मौरीले’ गीतप्रति मौरीपालक किसानले आपत्ति जनाए

‘हान्छु तिम्लाई लौरी’ले बोलको गीतमा ‘तोरी खायो मौरीले’ शब्द प्रयोग भएकोमा मौरीपालक किसानले आपत्ति जनाएका छन्। उक्त वाक्यांशप्रति नेपाल मौरीपालक महासंघले विज्ञप्ति जारी गरी आपत्ति जनाएको हो।

उक्त शब्दले मौरीपालक किसानलाई दुःखी बनाएको र अन्योलता सिर्जना गरेको महासंघले जनाएको छ। महासंघका अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले विज्ञप्ति जारी गरी मौरीले तोरीको परागशेचनमा सहयोग गर्नेमा झन् तोरी खायो भनेर गलत सन्देश दिएको जनाउँदै गीतले वैज्ञानिक तथ्य र अरुको अधिकारप्रति खेलवाड गरेको जनाएका छन्।