गायक राजु परियार भन्छन् ‘भिषा लायो टिकटै आयो’

कोरोना कहर जताततै छ तर अहिले भने मानिसहरु कोरोना भाइरसँग जुध्दैँ आफनो क्षेत्रमा लागीपरिरहेका छन् । नारीहरुको महान चार्ड हरितालिका तीजपर्व सकिएसंगै दशै तिहारका गीतहरु आउन तयारी अवस्थामा छन् भने कुनै सार्वजनिक समेत भएका छन् । गायक राजु परियारले दशैं तिहार गीत सार्वजनिक गरेका छन् । सोमबार बिहान मात्रै उनी र मेनुका परियारको स्वरमा ‘भिषा लायो टिकटै आयो’बोलको गीत सार्वजनिक भएको छ । चार्डपर्व नजिकिदै गर्दा आफनो आर्थिक अवस्थाको कारण आफनो परिवार र र देश छोडेर अरुको देशमा पसिना बगाउनु पर्ने पिडालाई व्यक्त गरिएको छ ।