‘सीता’ को भूमिका निभाउन १२ करोड लिएकी करिना भन्छिन्- यो महिलाहरुको सम्मानको कुरा हो ’

- मेराेफिल्म

 

नायिका करिना कपुरले अलौकिक देसाइको नयाँ चलचित्र ‘सीता’को लागि १२ करोड पारिश्रमिक माग गरेपछि यसले बजारमा हलचल ल्याएको छ । करिनाले १२ करोड पारिश्रमिक माग गरेपछि निर्माणपक्षले अन्य नायिकाहरुसँग पनि छलफललाई अगाडि बढाएको छ ।अभिनेत्री करीना कपूरले नयाँ फिल्मका लागि १२ करोड माग्नुको कारण महिलाप्रतिको सम्मानका लागि भएको बताएकी छन् । उनले निर्देशक अलौकिक देसाईको आगामी फिल्म ‘सीता’ को भूमिकाका लागि उनले १२ करोड पारिश्रमिक मागेकी हुन् । यो चलचित्र ‘रामायण’को कथामा केन्द्रित रहेर निर्माण हुँदैछ, जसमा करिनालाई सीताको भूमिकाका लागि अफर गरिएको थियो ।उनले धेरै पारिश्रमिक मागेको भन्दै आलोचना हुन थालेपछि करीनाले यसको जवाफ दिएकी छन् ।

महंगो पारिश्रमिकबारे करिना भन्छिन्, ‘केही वर्ष अगाडिसम्म कुनै पनि फिल्मका लागि महिला वा पुरुष कलाकारका लागि समान पारिश्रमिक दिने विषयमा कुराकानी गर्दैनथेँ । पछिल्लो समय धेरै व्यक्तिहरुले यस विषयमा बेवास्ता गर्न थालेका छन् । यो पारिश्रमिक माग्नुभन्दा पनि महिलाहरुप्रति सम्मानको विषय हो ।’ मिडिया रिपोर्टका अनुसार, यो भूमिकाका लागि करिनाले ८ देखि १० महिना वर्कशप गर्नुपर्ने हुन्छ । यो करिनाको करिअरकै सबैभन्दा ठूलो चलचित्र रहने भारतीय मिडियाले उल्लेख गरेका छन् । एजेन्सी 

 

 

२०७८ भदौ २९ गते १२:३२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *