हाँस्य सिरियल ‘सक्किगोनी’ अब आफ्नै युटुब च्यानलमा

 

चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’ अब आफ्नै युटुब च्यानलमाबाट प्रशारण हुने भएको छ । लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको यो सिरियल अब भने “JPT CREATION OFFICIAL” नामक युटुब च्यानलबाट हेर्ने सकिने छ । उक्त सिरियल बिहिवार ९ : ०० बाट प्रसारण हुनेछ ।

अर्जुन घिमिरे र कुमार कट्टेलको कथा, पटकथा, संवाद र निर्देशनमा प्रशारण हुँदै आएको यो सिरियलले धेरै दर्शकको मन जित्न सफल भएको छ । सिरियलमा अर्जुन घिमिरे, हरि निरौला, कुमार कट्टेल, सागर लम्साल, सीपी पुडासैनी, शंकर आचार्य, कमलमणी नेपाल, दिपक आचार्य, रक्षा श्रेष्ठ लगायत अन्य कलाकारहरुकोको अभिनय छ ।