अभिनेत्री दीपिका पादुकोण एसियाकै प्रभावशाली महिला

 

बलिउड अभिनेत्री दीपिका पादुकोण एसियाकै सबैभन्दा प्रभावशाली महिला घोषित भएकी छन् । हालैमात्र, एसियाको सबैभन्दा प्रभावशाली महिलाको एक सूची सार्वजनिक गरिएको छ, जसमा टीभी तथा चलचित्र दुनियाँकी दीपिका पहिलो नम्बरमा छिन् ।

बेलायतको गाला बिंगोले एसियाकै फिल्म तथा टेलिभिजन क्षेत्रबाट प्रभावशाली महिला घोषणा गरेको हो । उनलाई पछ्याउने फ्यानलाई आधार मानेर उक्त घोषणा गरिएको हो । यो अनुसन्धानका लागि सामाजिक संजालमा रहेका फलोअर्स, गुगल सर्च तथा विभिन्न बिषयलाई माध्यम बनाइएको थियो । दीपिकाको इन्स्टाग्राममा ६ करोड फलोअर्स छन् । गला बिंगोले गरेको यो घोषणासँगै दीपिका हलिउड सेलिब्रेटी एरियाना ग्रान्डे, किम कादर्सियन, एडलको बराबरीमा पुगेकी छन् ।