बहुपति प्रथामा आधारित ‘टुल्की’ टिजर सार्वजनिक

चलचित्र ‘टुल्की’को टिजर सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रको टिजर सार्वजनिक गरिएको हो । चलचित्रले बहु पतिप्रथामा आधारित हिमाली भेगको विषय उठान गरेको छ । कलात्मक ढङ्गबाट निर्माण गरिएको चलचित्रको टिजर एक मिनेट २३ सेकेन्डको रहेको छ ।