सिद्धार्थ शुक्लाको निधनपछि कस्तो छ शेहनाजको अवस्था ?

मुम्वई- बलिउडका  अभिनेता सिद्धार्थ शुक्लाको असायमयिक निधनले बलिउड इन्ड्रस्टी नै स्तब्ध भयो। विशेषगरी टिभी अभिनेताका रुपमा छवि बनाएका सिद्धार्थ बिग बोसको विजेता पनि थिए। उनको निधनले सबै कलाकार, प्रशंसकहरु दुःखी भए। सबैभन्दा बढी पीडा उनको परिवार र प्रेमिकामा परेको छ। उनकी प्रेमिका शेहजान गिलको अवस्था हालसम्म पनि नाजुक रहेको छ। उनी कोहीसँग नबोल्ने, खाना पनि नखाने अवस्थामा रहेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ। यसैबीच बिग बोस फेम अभिनव शुक्लाले सिद्धार्थको परिवार र शेहनाजसँग भेट गरेका छन्। रुबीना दिलैकसँग सिद्धार्थको घर पुगेका उनले शेहनाज यो कठिन परिस्थितिको सामना गरिरहेकी बताएका छन्।