भिडियो छायांकन सेटमै हाँस्य ब्यङ्ग्य कलाकार रमेश केसीको निधन

हाँस्य ब्यङ्ग्य कलाकार रमेश केसीको ६९ बर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान ९ बजे गीत छायांकनको सेटमा निधन भएको कलाकार उत्तम केसीले जानकारी दिए । ‘हर्के हवल्दार’को टिमले बनाउन लागेको एक भिडियोको छायांकनमा रमेशजी मोटरसाइकल नै लिएर सुटिङमा पुगेका उनको छायांकन सेटमा पुगेर केही समयपछि  बेहोस भएका थिए । बेहोस भए लगतै उनलाई गंगालाल हृदयरोग केन्द्रमा पुर्याइएको थियो ।

अस्पताल पुर्याइए लगतै उनलाई मृत घोषित गरिएको हो ।’कलाकार रमेश केसीको अन्त्येष्टी पशुपति आर्यघाटमा गरिदैछ । वि।सं २००९ सालमा जन्मिएका रमेशको २ छोरा, ३ छोरी र श्रीमती छन् । केसीले नाटक ‘अन्जान’बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । यसपछि उनले, ‘के सक्कली के नक्कली , यमपुरीमा जिउँदो मान्छे, क्रसमा टाँगिएको जिन्दगी, मुनामदन, पृथ्वीनारायण, मोदीआइन, एकेएन लगायतका नाटकमा अभिनय गरेका थिए ।