विदेशी फिल्मले धान्दिनु पर्ने नेपाली फिल्म इन्डस्ट्री

काठमाडौं- कोरोना महामारीको प्रभाव सबै क्षेत्रलाई प्रभाव पार्यो यही प्रभावबाट फिल्म क्षेत्र पनि अछुतो भने रहेन । कोभिडले लामो समयसम्म बन्द भएको फिल्महल काठमाडौँ, भक्तपुर र ललितपुरका सिडिओहरूको बैठकले कोरोना भाइरसबाट जोगिन स्वास्थ्य मापदण्डको पालना गर्दै भदौ १६ गतेदेखि फिल्म हल खुलाउन अनुमति  दिएको  थियो ।  तर त्यति बेला नै नेपाल चलचित्र सङ्घले तत्काल फिल्म हलहरू नखोल्ने निर्णय गर्यो ।  नेपालभर हल खोल्ने र फुल अकुपेन्सीमा सञ्चालनको अनुमति नपाएसम्म फिल्म हल नखोल्ने सङ्घ निर्णय भएको हो ।  तर अहिले नेपाली फिल्मलाई लिएर हलवालाहरू अलमल्लमा परेका छन् । नेपाली फिल्मले मात्रै दर्शकलाई हल सम्म तान्न सक्दैन भन्ने एउटा उदाहरण अहिलेको अवस्थाबाट नै बुझन सकिन्छ । धेरै फिल्म वितरक अहिले फिल्म लिएर बसेका छन् तर हलमा कुन फिल्म दिने र हलले कुन फिल्म दिने भन्ने अझै अत्तोपत्तो छैन । विदेशी ठुला ब्यानरका फिल्म रिलिज भए सँगसँगै नेपाली फिल्म चलाउन पाए दर्शकको आगमनसङै नेपाली फिल्मले पनि फड्को मार्ने थियो कि भन्ने हलवाला र निर्माताको आशा छ ।  फिल्महल नखुल्दा सरकारको आँखामा मनोरञ्जन क्षेत्र परेन भनेर सरकारसँग हल खोल्न अनुमति माग्ने हलवालाहरू नै अहिले भने मौन छन् । तत्काल नै हल खोल्नको लागी अक्मक्काई रहेका छन् ।

नाम नबताउने सर्तमा एक  वितरकले  भने – कोरोना कहरले अहिले हामी सबै कमजोर नै छौ हामी आफै कमजोर भएको बेलामा पुराना फिल्म लिएर कसरी चलाउने ? पुराना फिल्म हामी चलाउन सक्दैनौ नयाँ फिल्म हामीलाई दिनु हुन्न ।” हामीले कोरोना भाइरस हुनु भन्दा अगाडी ५० प्रतिशत फिल्मवाला दिएका थियौँ।’  अहिले हामीले ५५ प्रतिशत डिस्काउन्ट दिन्छौ भन्दा पनि हामीले  राम्रो चलचित्र भने पाएनौँ । हामीले राम्रो फिल्म नपाएपछि विदेशी फिल्मलाई नै चलाउने कि भन्ने छलफल पनि गर्दै छौँ । जस्तो पनि फिल्म लिएर हामी रिस्क भने मोल्न सक्दैनौ ।” अहिले दर्शकहरूलाई हलसम्म तान्न नै गाह्रो छ विदेशी फिल्मलाई लिएउ भने दर्शकको सङ्ख्या कति हुन्छन् त्यही अनुसारले हामीले  नेपाली फिल्मको  रिलिज अघि सारेर जान पाए राम्रो हुन्छ कि भन्ने छ । कुन फिल्म प्रदर्शन गर्ने र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा निर्माता, वितरक र हलवालाबिच छलफल भइरहेको छ । पुरानो फिल्म लिएर चाहिँ हल चल्ने सम्भावना छैन ।
लामो समयदेखी बन्द भएको हल सबैजना सहकार्यमा अगाडी बढाउनको लागी हलवालाले नै अलिकति कम्परमाइज गर्दा हुँदैन भन्ने प्रश्नमा जवाफ आयो – हामी पनि अहिले घाटामा छौँ । हामीले कम्परमाईज नगरेका होइनौ गरेका छौ ५५ प्रतिशत र ३र४ महिनासम्म शेयर दिन्छौ भन्दा पनि हामीले राम्रो फिल्म नपाएको कारणले नै विदेशी फिल्म चलाउने भनेका हौँ ।”

प्रदर्शन रोकिएका ४६ फिल्म

म यस्तो गीत गाउँछु–२,  घनचक्कर,  माया बस्छ कि के हो,  उल्झन,  पोखराकी काली,  प्रेमगीत–३,  मन्त्र,  हली, हिजोआजका कुरा,  लक्का जवान,  मेरो आफ्नो,  आकाशे खेती, शिरफूल,  उफ् यो मन,  षट्कोण,  नालापानी,  आरुषी, १८। यो माया कस्तो माया, पानी फोटो,माइकल अधिकारी,कठपुतली,  देवी,  फेक फ्रेन्ड, सम्झना बिर्सना,  सुस्केरा, तु।, चालबाज, सायाबुङ,  आप्लेङ,  हाम्रो कलेज लाइफ,  पर्खी बसे फर्की आउँछु,  दुस्साहस, ठूलो माछा,  सम्हाली राख है,  गीत गजल,  शिवानी,  इन्काउन्टर, नीरफूल,  चिसो एस्ट्रे, बद्री बहादुर, वडा अध्यक्ष,  चपली हाइट–३, जारी,  लप्पन छप्पन–२,  निम्तो र  लै बरी लै माथिका नामको फिल्म त  बोर्डमा पुगेका मात्र हुन् अझै धेरै फिल्म छन् कुनै काम हुदा हुदैँ रोकिए भने कोही बन्दै छन् ।