अभिनेत्री निकोल रिचीको जन्मदिनमा जब कपालमा आगो लाग्यो…

- मेराेफिल्म

अमेरिकी टेलिभिजन अभिनेत्री निकोल रिचीले बिहीबार आफ्नो ४० औं जन्मदिन मनाएकी छन् । उनले जन्मदिनको केक काटिरहँदा एउटा घटना भएको छ । निकोलले केक काट्नका लागि मैन बत्ती निभाउने काम गरिरहँदा एक मैन बत्तीले उनको कपालमा आगो लगाएको थियो । कपालमा आगो देखेपछि उनी डराएर चिच्याएकी थिइन् ।

यो घटनामा निकोललाई केही भएन । उनी ठिक छिन् । यो घटनापछि अभिनेत्री आफैंले घटनाको भिडियो सामाजिक सञ्जालमा शेयर गरिन् । उनले क्याप्सनमा ‘हालसम्म ४० औं वर्षको आगो बलिरहेको छ’ भनी लेखेकी छन् ।

निकोल रियालिटी सिरिज ‘द सिम्पल लाइफ’बाट प्रख्यात बनेकी थिइन् । उनको यो रियालिटी शो २००३ देखि २००७सम्म चलेको थियो । उनले दुई किताब पनि लेखेकी छन् । उनले जोएल मेडनसँग सन् २०१० मा विवाह गरेकी थिइन् ।लसएञ्जल्स(नवभारत टाइम्स)

 

https://www.instagram.com/nicolerichie/

 

२०७८ असोज ७ गते १६:२० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *