अभिनेता जगनूरको निधन

भारतीय टेलिभिजन रियालिटी ‘एमटीभी लभ स्कुल’ अभिनेता जगनूर अनेजाको हृदयघातका कारण इजिप्टमा निधन भएको छ । जगनूर इजिप्ट घुम्न गएका थिए । बुधबारमात्र जगनूरले इन्स्टाग्राममा आफ्नो एक भिडियो पोस्ट गरेका थिए । सामाजिक सञ्जालमा उनले आफ्नो इजिप्ट यात्राको फोटो लगातार शेयर गरिरहेका थिए । उनले रिल भिडियो शेयर गरेका थिए । जसमा उनी इजिप्टको सुन्दर लोकेशन र पिरामिडमा देखिएका थिए । भिडियो र तस्वीरमा उनी पूर्ण रुपमा फिट देखिएका थिए ।

‘एउटा सपना सत्य भयो । जब मैले गीजाको महान पिरामिडहरुलाई देखें । मेरो बकेट लिस्टमा एक इच्छा पुरा भयो’, उनले क्याप्सन लेखेका थिए । जनगूरको निधनको खबरले उनको परिवार र सेलिब्रेटी शोकमा छन् ।

जगनूरले ‘एमटीभी लभ स्कूल’ को पहिलो र दोस्रो सिजनमा अभिनय गरेका थिए । उनी आफ्नो पूर्व प्रेमिका मोनिकासँगको सम्बन्ध सुधार्नका लागि शोमा सहभागिता जनाएका थिए । तर उनीहरुको कुरा मिलेन र दुबैको ब्रेकअप भयो । शोका अर्का एक प्रतिष्पर्धीले जगनूरको सेक्सुअल ओरिएन्टेसनमा प्रश्न सोधेपछि उनलाई ‘गे’ भनिएको थियो । मुम्बई-आजतक