शम्भु राईको ‘झिल्के साडी’ सार्वजनिक

 

काठमाडौं – गायक शम्भु राई र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘झिल्के साडी’ सार्वजनिक भएको छ । गीतमा शम्भुकै शब्द र संगीत तथा रिकेश गुरुङको एरेञ्ज छ । गीत श्रद्धा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको भिडियोमा नाजिर हुसेन र अनिता गोले फिचर्ड छन् । भिडियोमा सुर्यमालाको डीओपीसँगै ड्रोन र सम्पादन, त्रिलोक लामा र राकेशको छायांकन तथा अभि लामाको निर्देशन र कोरियोग्राफी छ । भिडियो शम्भु राई श्रद्धा रेकर्डिङ अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको हो ।