गायिका विष्णु माझीको नयाँ गीत ‘दशैँ–तिहार आइसक्यो’

- मेराेफिल्म

काठमाडौं- पछिल्लो समय ‘चरी जेलैमा’ बोलको गीतका कारण चर्चाको शिखरमा रहेकी गायिका विष्णु माझीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीतमा महिमा आचार्यको कोरस भोकल रहेको छ । दशैँ–तिहारलाई लक्षित गरेर निर्माण गरिएको उनको ‘दशैँ तिहार आइसक्यो’ बोलको गीत बुधबार सार्वजनिक भएको हो ।

विष्णुकै श्रीमान् सुन्दरमणि अधिकारीको शब्द र संगीतमा निर्माण भएको उक्त गीत सपना म्युजिक इन्ड्रट्रिज युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतको भिडियो निर्देशन अधिकारीले नै गरेका छन् । शम्भु चालिसेको छायांकन रहेको गीतको भिडियोमा प्रिया विष्टको अभिनय छ । अभिनयमा विष्टलाई सुन्दरमणि स्वयंले साथ दिएका छन् ।

२०७८ असोज ८ गते १२:०६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *