सिद्धार्थको निधनपछि के गर्दै छिन् शहनाज ?

मुम्बई- रियालिटी शो ‘बिग बोस १३’ विजेता सिद्धार्थ शुक्लाको हृदयघातका कारण महिना दिनअघि निधन भयो । सिद्धार्थको निधनपछि उनको परिवारसँगै फ्यान पनि अझै शोधमा छन् । सिद्धार्थसँग विवाह गर्ने तयारीमा रहेकी शहनाज गिल यो शोकबाट बाहिर आउन सकेकी छैनन् । केही समयअघि मात्र उनी काममा फर्कन लागेको समाचार सार्वजनिक भए पनि त्यो खबर गलत रहेको उनको परिवारले प्रष्ट्याइसकेका छन् ।

शहनाजको एक ज्योतिष डा.नवनिधि बधावाका अनुसार शहनाजले आफैंलाई घरमा कैद गरेर राखेकी छन् । ‘सिद्धार्थको निधनपछि शहनाज सामाजिक सञ्जालबाट टाढिएकी छन् । जसकारण पनि उनका फ्यानले उनको गतिविधिलाई नजिकबाट नियाल्न पाएका छैनन् । शहनाजले आफ्नो मुड फेर्नका लागि मेडिटेसनको सहारा लिनुपर्ने हुन्छ । योगा गर्दा उनलाई फाइदा हुन्छ । शहनाजको नम्बर २७ हो । सूर्य र केतूको दशाका कारण शहनाजको मुडमा पटक पटक परिवर्तन हुनेछ’, ज्योतिषले भनेकी छन् ।

नवनिधिले शहनाजका फ्यान र परिवारलाई सन् २०२२ सम्म अभिनेत्रीको हेरविचार गर्न आग्रह गरेकी छन् । आगामी दिनमा शहनाजका लागि निकै खराब समय रहने भएकाले पनि शहनाजको गतिविधिप्रति ध्यान दिन उनले भनेकी छन् । उनका अनुसार अहिले शहनाजको परिवारको एक सदस्य २४ सै घण्टा उनीसँगै हुने गर्छिन् । (बलिउड लाइफ)